काठमाडौं । विश्वमा हरेक क्षण भइरहेका केही यस्ता घटना हुन्छन, जुन हामीलाई विश्वास गर्न गाह्रो हुन्छ । यस्तै, संसारलाइै नै अचम्म पार्ने घटना भारतको उत्तर प्रदेश स्थित अलीगढमा भएको छ । गत डिसेम्बरमा मात्र बिहे गरेका एक जोडीको हनीमूनको समयमा एक होटलमा गरेको हतर्कलेको भिडियो भारतीय समाचार माध्ययले सार्वजनिक गरेका छन् ।
भिडियोमा देखिए अनुसार होटलमा रहेको नव विवाहित श्रीमानले श्रीमतीलाई जबरजस्ती रक्सी खुवाएपछिको घटनालाई देख्न सकिन्छ । घटना मार्चको भएपनि खुलासा भने अहिले मात्र भएको हो । पत्नीले माइतीमा आएर यो घटनाबारे बताएपछि पुलिसमा उजुरी गर्दा घटना सार्वजनिक भएको हो । पीडित महिलाका अनुसार उनको घरमा महिला पुरुष सबै रक्सी पिउँथे ।
श्रीमानले उनलाई पनि जबरजस्ती रक्सी खुवाउँथे पति ऋषभ आइपीएलमा सट्टा लगाउँथे । उनले यसअघि नै ४५ लाख सट्टामा हारिसकेका थिए । हारेको पैसा ल्याउन पूरा परिवार उनलाई दबाब दिन्थे । यतिमात्र होइन ऋषभ ब न्दुक देखाएर उनको अ श्लील भिडियो बनाएर ब्ल्याक मेल गर्न चाहन्थे । यही उद्देश्यले उनले हनीमुनको बहाना बनाएर आफ्ना बहिनी ज्वाइँको साथमा पीडित महिलालाई दार्जिलिङ लिएर गए ।
जहाँ होटलको कोठामा जबरजस्ती रक्सी पिलाउन प्रयास भयो । नमानेर उनी कोठाबाट बाहिर निस्किन् । त्यसपछि ऋषभ र उनकी बहिनीले फुटेको गिलासको टुक्रा उनको मुखमा कोचिदिए । त्यसपछि युवतीले माइत गएर सबै कुरा भनिन् । केही समय त युवतीका मातापिताले ऋषभ सुध्रिने हुन् कि भनेर पर्खेर बसे तर जब सुध्रिने संकेत देखिएन त्यसपछि पुलिसमा उजुरी गरे । पुलिसले यस विषयमा कारवाही अगाडि बढाएको छ । तलको भिडियो हेर्नुहोस



