मेष राशिफल मनमा प्रसन्नाता मिल्नेछ,रमाइलो भेटघाट हुनेछ, मान सम्मान मिल्नुका साथै आर्थिक लाभ हुनेछ।
बृष राशिफल विवाद बढ्नेछ,मानसिक तनाव आउला,रोगले सताउनेछ,खर्च बढेर जानेछ मनमा नैराश्यता हुनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मिथुन राशिफल मानसम्मान मिल्नेछ,आर्थिकलाभ हुनेछ,परिवारि तथा अन्य सुखले मन प्रसन्न होला रोकिएका कार्य सफल हुनेछ ।
कर्कट राशिफल परिवारि तथा अन्य सुख मिल्नेछ, आम्दानी बढ्नेछ, काममा सफलता मिल्नेछ,स्वास्थ्य लाभ हुनेछ ।
सिंह राशिफल विवाद बढ्नेछ, राज्यपक्षबाट झमेला होला, काममा काजमा हानि हुनाले तनाव होला, पेट सम्बन्धि समस्याले सताउने छ, परिवारिक मनमुटाव बढ्ने देखिन्छ । ॐ घृणी सूर्याय नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
कन्या राशिफल चोटपटकको सम्भावना रहेकोछ,चिन्ता बढ्ने कुरा सुनिएला, खानपानको गडबडीले पाचन क्रियाको समस्याले सताउनेछ, शरीर दुख्नुका साथै आर्थिक समस्या आउला । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
तुला राशिफल प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ, वाहान सुख मिल्नेछ, मान सम्मान मिल्नेछ,अपरझट यात्रा हुनसक्नेछ,आर्थिक लाभ हुनेछ ।
वृश्चिक राशिफल काम बन्नाले मनमा प्रसन्नता छाउनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, स्त्री सुख मिल्नेछ, वैदेशिक यात्राबाट विषेश लाभ हुनेछ,शत्रू पराजित हुनेछ ।
धनु राशिफल नासाको समस्याले सताउनेछ, काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, विवाद बढ्नेछ, विद्या पक्ष कमजोर देखिन्छ सन्तानको चिन्ता रहनेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मकर राशिफल कोखा तथा पेट दुख्नेछ,अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ, जग्गाजमिनको किचलो आउन सक्नेछ, कार्यनाश हुनेछ, । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
कुम्भ राशिफल पराक्रम बढ्नेछ, काममा सफलता मिल्नेछ,आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ ।
मीन राशिफल रोगले सताउनेछ, शरीरमा जलन महशुस हुनेछ, आम्दानी कम हुनुकासाथै आर्थिक समस्याले सताउनेछ, मानसिक तनाब बढ्नेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।

विदेश, जागिर, विद्या, व्यपारव्यवसाय, परिवार तथा विवाह आदिको बारेमा विशेष रुपमा चिना तथा जन्म मिति अनुसार हेराउन परेमा फोनबाट नाम टिपाएर समय मिलाइ भेट्नु होस् । ज्योतिषचार्य उप्रा. दीपक घिमिरे श्री ज्योतिष परामर्श सेवाकेन्द्र सोह्रखुट्टे काठमाडौं । फोन नं. ९८४१३२३0३३,९८0५८२४३४५ सुद्रिस्टि बाट साभार



