इटालीयन सिरी ए मा क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टसले हेलास भेरोनालाई दुई एक गोलले हराएको छ । जितसँगै शिर्ष स्थानको इन्टर मिलानसँगको अग्रता दुई अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले भेरोनाको एक गोलको अग्रता उल्ट्याएको हो । पाहुना टिम भेरोनाले २० औं मिनेटमा मिगुइल भेलोसोको गोलमा अग्रता बनाएको थियो ।

तर सो अग्रता धेरैबेर टिक्न सकेन । ३१ औं मिनेटमा आरोन राम्सेले गोल गर्दै युभेन्टसलाई बराबरीमा पुर्याए । यसैसिजन आर्सनलबाट युभेन्टस पुगेका राम्सेको यो सिरी ए मा डेब्यु गोल हो ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ४९ औं मिनेटमा युभेन्टसले पेनाल्टीको अवसर पायो । जसलाई क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गरे । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र युभेन्टसले तीन अंक हात पार्यो ।

गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले एसी मिलानलाई दुई शुन्यले हरायो । एसी मिलानको मैदानमा इन्टरको जितमा ब्रोजोभिक र रोमेलु लुकाकुले एक एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।

४९ औं मिनेटमा इन्टरले अग्रता बनायो । उसका लागि ब्रोजोभिकले सिन्सीको पासको सदुपयोग गर्दै गोल गरे । त्यसपछि ७८ औं मिनेटमा यसै सिजन म्यानचेस्टर युनाइटेडबाट इटाली पुगेका रोमेलु लुकाकुले ७८ औं मिनेटमा गोल गर्दै टिमलाई दुई शुन्यले अगाडी राखे ।

त्यसपछि एसी मिलान खेलमा फर्कन सकेन र इन्टर विजयी भयो । यो जितले इन्टर मिलान लिगको शिर्ष स्थानमा उक्लिएको छ । उसको चार खेलमा १२ अंक भएको छ भने युभेन्टसका समान खेलबाट १० अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah