स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले स्तब्धपुर्ण नतिजा ब्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोना ग्रानाडासँग दुई शुन्यले पराजित भयो । बार्सिलोनाका लागि यो पछिल्लो २५ बर्षकै खराव सुरुवात हो ।

ग्राडानाको मैदानमा स्टार खेलाडी लियोनल मेस्सी र अंसु फाटीलाई सुरुवाती ११ मा नराखेको बार्सिलोना विरुद्ध घरेलु टिमले दोस्र्र्रो मिनेटमा गोल गर्न सफल भयो । उसका लागि अजिजले गोल गरे ।

सुरुवातमा नै गोल खाएको बार्सिलोनाले त्यसपछि तीन वटा उत्कृष्ट मौका पाएपनि गोल फर्काउन सकेन र पहिलो हाफमा एक गोलले पछि पर्यो ।

दोस्रो हाफमा मेस्सी र फाटीलाई मैदानमा उतारेपनि गोल भने ग्रानाडाले नै गर्यो । बार्सिलोनाका अर्टुरो भिडालले डिबक्समा हातले बल छोएपछि पाएको पेनाल्टीलाई अल्भारो भाडिलोले गोल गर्दै टिमलाई दुई शुन्यको अग्रता दिलाए ।

बाँकी समयमा बार्सिलोना खेलमा फर्कन सकेन र हारको बाटो देख्यो । यसअघि भएको खेलमा एट्लेटिको मड्रिडले पेनाल्टीको सदुपयोग गर्न नसक्दा सेल्टा भिगोसँग गोलरहित बराबरी खेलेको थियो ।

बार्सिलोनालाई स्तब्ध बनाएको ग्रानाडा सबैलाई चकित पार्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना लिगको सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah