काठमाडौं ।साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै छन् । काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा खेल दिउँसो ३ बजेबाट शुरु हुने खेलमा समुह ‘ए’मा रहेको नेपालले समुह चरणको अन्तिम खेल खेल्दैछ भने भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ ।
समुह चरणको पहिलो खेलमा नेपालले माल्दिभ्ससंग १–१ गोलको बराबरी खेलेको थियो । समुह चरणमा माल्दिभ्स र नेपालको समान १ अंक छ ।
भुटानलाई हराएको अवस्थमा नेपाल सेमिफाईनल पुग्नेछ । बराबरी वा हारको नतिजाले अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बन्न सक्नेछ ।
नेपाल उमेर समुहको साफको अघिल्ला दुई संस्करणको विजेता हो । घरेलु मैदानमा भएको प्रतियोगिता जित्दै नेपाल उपाधिमा ह्याट्रिक गर्ने दाउमा रहेको छ ।



