https://youtu.be/EUny4QyJPn0

बिष्णुप्रसाद पोखरेल
दमक/केहि दिन अघि देखि नै पाथिभरा चलचित्र मन्दिर दमकका प्रो. चैतन्य बरालले राधे चलचित्र हेर्नका लागि भनिरहेका थिए । उनले सकेसम्म प्रीमीयर सो गर्ने र नभए बैखाख १ गते नयाँ बर्षको दिनदेखि चलचित्र लाग्ने भएकाले नयाँ बर्षको दिन कतै समय नदिन र चलचित्र हेर्न उनको केहि दिन अघिदेखि कै आग्रह रहेको थियो ।
नयाँ बर्षको दिन सहकर्मी बिमल लामिछाने, गिरीराज भट्टराइ, दमक जेसिसका अध्यक्ष गोबिन्द राज कट्टेल, सामाजिक अगुवा सिताराम भट्टराइ लगायत हलभित्र शुरु मै आउर पसिसेका रहेछन् । म जाँदा ठ्याक्कै चलचित्र शुरु भइसकेको थियो ।
शुरुवामा त खोइ के होला जस्ता लाग्यो चलचित्र । पुरोहितको कथा थियो । जजमाने पुरोहितहरुको अवस्थालाइ समेटिएको थियो । एउटा बाबुलाइ साथ दिने अर्को भट्टि पसल धाउने र जहाँ केहि ग्लामर देखाइएकाले प्रस्तुती आकर्षक नै थियो शुरुवातमा ।

दूइघण्टासम्म चलचित्र मज्जाले नियालेर हेरियो । शुरुवातमा धार्मिक अथाबस्तु जस्तो पनि लाग्यो । धर्मलाइ जोड्दै शुरुवात गरिएको चलचित्र द्धन्द्धलाइ जोडेर पीडितको अवस्था र उनिहरुमाथि भइरहेको खेलवाडलाइ समेटिएको रहेछ । माओबादीले गरेको शसस्त्र आन्दोलनमा भोग्नु परेको पीडा र त्यसबाट पीडितको पीडालाइ कथामा उतारिएको रहेछ । बेपत्ता परिवारको पीडालाइ कथामा मार्मिक रुपमा उठाइएको छ ।
पैसाका लागि परिवारले कसरी एउटा सोझो छोराको बेवास्था गर्छन्, सम्पतीमा कतिसम्म लोलोप्ता हुन्छ त्यो एकातिर छ भने ग्लामरलाइ पनि मज्जाले समावेश गरिएको छ जसलाइ दर्शकले छि भन्न सक्दैनन् । प्रीयंका कार्कीको बोल्ड सिनहरु युवाहरुका लागि मनछूने छ ।
मूख्य पात्र निखिल उप्रेती अर्थात राधेलाइ विवाहको पहिलो रात स्वगरात मनाउन नदिइ जनयुद्धको समयमा लगिएको हुन्छ । बेपत्ता उनि घर फर्कन्छन् र पछि आफूमाथि राजनीति गर्ने सबैलाइ समाप्त गर्छन् । कथामा नपत्याउदो र अप्रत्यारिलो फाइटहरु भेटिन्छन् । मद्रासी चलचित्रको सिको गरेको देखिन्छ । सिमा बजारमा नेपाली कसरी ठगिन्छन् त्यो पनि समेटिन खोजिएको छ । धार्मिक रुपमा शुरु भएको चलचित्रको पनि धार्मिक नै अन्त्य छ ।
समग्रमा अहिलेसम्म कति मान्छे बेपत्ता छन् उनीहरुको कुनै सोधखोज नै भएको छैन । त्यसको नाममा अरुले नै फाईदा लिइराखेका छन् । धेरैलाई बिभिन्न किसिमले बेपत्ता बनाइएको छ ।

तिनीहरुको खोजी कसले गर्ने ? ति बेपत्ताहरुको वास्तविक अवस्था के छ भन्ने कुराको जानकारी सार्वजनिक भएको छैन । यसैको वरिपरि रहेर चलचित्र बनेको छ ।
मुख्य पात्र निखिल उप्रेती, प्रियंका कार्की, अशिष्मा नकर्मी, सुशिल पोखरेल, हिउँवाला गौतम, शिशिर भण्डारी लगायतलाई देखाइएको छ ।

जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको ‘राधे’को सुशिल पोखरेलले निर्माण गरेका हुन् । हिमाल केसीको एक्सन, रामजी लामिछानेको नृत्य, कृष्ण श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, गौतमराज खड्काको सम्पादन यो चलचित्रमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah