एजेन्सी/ फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

बुधबार राति भएको खेलमा पीएसजी घरेलु मैदानमा रिम्ससँग २-० ले पराजित भएको हो । रिम्सलाई जित दिलाउन हसाने कामारा र बौलाए डियाले एक एक गोल गरे ।

घरेलु टिमविरुद्ध खेलको २९ औं मिनेटमा कामाराको गोलबाट रिम्सले अग्रता बनाएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा डियाले गोल गर्दै रिम्सलाई २-० को जित दिलाए ।

बल पोजिसनमा एकतर्फी पकड जमाएपनि पीएसजीले गोल गर्न सकेनन् । पीएसजीको पटक पटकको आक्रमणमा रिम्सका किपर बाधक बने ।

योसँगै पीएसजी १६ महिनापछि घरेलु मैदानमा पराजित भएको छ । पीएसजी पछिल्लो पटक घरेलु मैदानमा सन् २०१८ को मे मा पराजित भएको थियो ।

हारसँगै पीएसजी शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन चुकेको छ । लिग लिडर पीएसजीले ७ खेलबाट १५ अंक जोडेको छ । दोस्रो स्थानको एन्गर्सको पनि १५ अंक रहेको छ ।आठौं स्थानको रिम्सको ७ खेलमा ११ अंक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah