सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ वर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ।

आओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम केन्द्रमा खरेलथोक घर भएकी मैना सुनुवारलाई २०६० फागुन ५ गते बिहानै घरबाट क्याप्टेन निरञ्जन बस्नेतले चलाएको गाडीमा राखि १५ जना सेनाको टोलीले पक्राउ गरि ल्याएको थियो ।

जिल्ला अदालत काभ्रेका न्यायाधीश मोदिनीप्रसाद पौड्यालको इजलासले घटनामा संलग्न रहेका वीरेन्द्र शान्ति तालिम केन्द्रका तत्कालिन महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैद हुने फैसला गरेको छ ।  खबर  आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah