इन्डोनेशियामा विवाहअघि यौन सम्बन्ध राख्न बन्देज लगाउने प्रस्तावित कानुनको विरोधमा संसद्बाहिर ब्यापक विरोध भएको छ । प्रजर्दनकारीलाई नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेको थियो ।
मस्यौदा कानुन पारित भएर कानुन कार्यान्वयनमा आए त्यसले गर्भपतनलाई प्रतिबन्ध लगाइदिनेछ भने देशका राष्ट्रपतिको अपमानलाई पनि अपराध मान्नेछ।
तत्काल सो मस्यौदा कानुन पारित गर्ने समय पछि सरेको छ । यद्यपि सो कानुन पारित हुने प्रदर्शनकारीको चिन्ता छ । सो विधेयक अब शुक्रबार निर्णयार्थ प्रस्तुत हुनेछ ।
मस्यौदाअनुसार विवाहपूर्व यौन सम्बन्ध राख्नु अपराध मानिने छ र विवाह अघि यौन सम्बन्ध राखेमा एक वर्ष जेल सजाय हुनेछ ।
यस्तै विवाह नगरी केटाकेटी सँगै बसेमा ६ महिनाको जेल सजाय हुन सक्नेछ ।
राष्ट्रपति, उपराष्ट्रपति, धर्म, राज्यका निकाय र झण्डा तथा राष्ट्रिय गानजस्ता प्रतीकको विरोध गर्न पूर्ण रुपमा निधेष हुनेछ ।



