काठमाडौं/ त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत सिंगापुरविरुद्ध विष्फोटक ब्याटिङ गरेसँगै नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काको चौतर्फी चर्चा छ ।

पारसले शनिबार सिंगापरविरुद्ध ९ छक्का र ७ चौकाको मद्दतमा ५२ बलमा नटआउट १०६ रनको विष्फोटक पारी खेलेका थिए । उनको यो ऐतिकासिक प्रदर्शनबारे अहिले सबैले प्रशंसा गरिरहेका छन् ।

यसैबीच, कप्तान खड्काबारेको समाचार भारतीय ठूला सञ्चारमाध्यमले पनि विशेष स्थान दिएका छन् ।

भारतीय पत्रिका अमर उजालाले अनलाइन संस्करणमा लेखेको छ, ‘नेपालका कप्तानले रचे इतिहास, अन्तर्राष्ट्रिय टी–२० मा शतक बनाउँदै अनुभवीब्याट्सम्यानलाई पारे पछि ।’

यस्तै भारतीय अर्को पत्रिका दैनिक जागरणले ‘५२ बलमा नटआउट १०६ रनको पारी खेलेर नेपालका यी खेलाडीले टी–२० क्रिकेटमा रचे इतिहास’ शिर्षकमा समाचार लेखेको छ ।

यस्तै भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले पनि पारसको प्रदर्शनबारे समाचार लेखेको छ ।

नेपालका लागि टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउँदै कप्तान खड्काले नयाँ इतिहास रचेका हुन् । उनी नेपालबाट टी–२० क्रिकेटमा शतक बनाउने पहिलो क्रिकेटर बने ।

नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा पनि शतक बनाउने पारस एक्ला क्रिकेटर हुन् । कप्तान खड्काको शानदार शतकसँगै सिंगापुर विरुद्धको खेल नेपाल ९ विकेटले विजयी भयो ।

टी–२० क्रिकेटमा नेपालको यो सबैभन्दा फराकिलो जीत हो । यस्तै सिंगापुरविरुद्ध नै नेपालले पहिलो पटक शतकीय र उच्च साझेदारी गर्न सफल भयो ।

तेस्रो विकेटका लागि कप्तान खड्का र आरिफ शेखले १४५ रनको अविजित शतकीय साझेदारी गरे ।

यसअघि टी–२० मा नेपालले सन् २०१४ मा बंगलादेशविरुद्ध पारस र शरद भेषवाकरले चौथो विकेटका लागि गरेको ८५ रनको साझेदारी गरेको थियो ।

सिरिजको आफ्नो दोस्रो खेलमा सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा पूरा गर्यो ।

नेपालको जीतमा पारसको १०६ रनसँगै आरिफ शेखले नटआउट ३९ र इशान पाण्डेले ५ रनको योगदान दिए । सिंगापुरविरुद्ध पनि नेपालको सुरुवात भने खराब थियो ।

ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए ।

टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाएको थियो ।

उसका लागि कप्तान टिम डेभिडले सर्बाधिक नटआउट ६४ रन बनाए । उनले ३ चौका र ४ छक्काको मद्दतमा ४४ बलमा ६४ रन बनाएका हुन् ।

यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५, मनप्रित सिंहले १५, जनक प्रकाशले नटआउट २५ रनको योगदान दिए । बलिङमा करण केसीले २ र शुसन भारीले एक विकेट लिए ।

सिरिजको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah