काठमाडौं – इक्वेडरको कारापुंगोमा नग्न अवस्थाका एक पुरुष र महिला तेस्रो तल्लामा क्रीडामा मग्न रहेको अवस्थामा खसेर मृत्युवरण गर्न पुगेका छन् ।
२८ वर्षीया महिला र उनका ३५ वर्षीय प्रेमीको मृत शरीर नजिकैको टेरेसमा भेटिएको थियो । ती महिलाले आयोजन गरेको पार्टीमा उक्त काण्ड भएको थियो ।
ती महिलाकी आठ वर्षीया छोरी छिन् । अनौठो किसिमको थडथड आवाज आएपछि दौडिँदै बाहिर आएका एक छिमेकीले उक्त जोडी लडेर टेरेसमा पछारिएको देखिन् ।
प्रहरी प्रमुख क्रिस्टियन त्रुजिल्लोले घटनाको अनुसन्धान भइरहेको बताए ।
स्थानीय सञ्चारमाध्यमले लेखेअनुसार, क्रीडामग्न जोडीले बाल्कोनीको पर्खालको उचाइ अन्दाज गर्न सकेनन् र क्रीडाकै क्रममा त्यसमाथिबाट गुल्टिए । एजेन्सी



