एजेन्सी- जागिरको धपेडी, चापले हृदयघात हुने खतरा २५ प्रतिशतसम्म बढाउन सक्छ । बेलायतमा गरिएको एक सर्वेक्षणमा यो कुरा पत्ता लागेको हो । उक्त अध्ययनमा दुई लाख कर्मचारी संलग्न थिए । अध्ययनअनुसार जुन व्यक्ति कम दबाबमा काम गर्छन्, उनीहरुको दाँजोमा बढी दबाबमा काम गर्नेमा हृदयघातको खतरा बढी हुन्छ । अनुसन्धान युनिभर्सिटी कलेज लन्डनका प्राध्यापक मिका किविमाकीको नेतृत्वमा भएको थियो । उनले सो अध्ययनको रिपोर्टमा भनेका छन्, ‘यो खोजमा जागिरको दबाब हृदयघातको खतरासँग सम्बन्धित रहेको देखिएको छ ।’
सो अध्ययन बेलायत, स्विडेन, फिनल्यान्ड, नेदरल्यान्ड, फ्रान्स, डेनमार्क, बेल्जियममा सन् १९८५ देखि २००६ सम्म गरिएको थियो । अध्ययनमा भाग लिने महिला र पुरुषसँग उनीहरुको काम गर्ने तथा निर्णय लिने स्वतन्त्रताबारेमा प्रश्न गरिएको थियो । यी प्रश्न उपलब्ध गराउनुअघि ती सहभागीलाई हृदयघात भएको थिएन ।
उक्त सर्वेक्षणको साढे सात वर्ष बितेपछि अनुसन्धानकर्ताले ती सहभागीमा मुटु रोगका दुई हजार तीन सय ५६ केस पाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय