मेष– व्यवसायमा राम्रो आम्दानी हुनेछ । सामाजिक एवं धार्मिक क्षेत्रतिर व्यस्तता बढ्ने तथा पदीय प्रशंसा मिल्नेछ । लगानीमा राम्रो फाइदा
हुनाले आर्थिक भार कम हुनेछ । सवारीसाधनको सुख मिल्ने तथा कृषि व्यवसायमा राम्रो आम्दानी हुनेछ । आफन्त भेटघाट एवं यात्राको सुख मिल्नेछ । पारीवारिक सहयोग मिल्नाले पुराना काम बन्नेछन् । प्रेममा प्रगति एवं वैवाहिक जीवनमा सन्तुष्टि प्राप्ति हुनेछ । साताको अन्त्यमा भने विवादमा परिन सकिने, खर्चले तनाव हुने एवं यात्रामा सामान्य झन्झट हुन सक्नेछ ।

वृष – धार्मिक यात्रा हुनेछ । लामो यात्राको सुख मिल्ने एवं पारीवारिक भेटघाट रहनेछ । सन्तानको सुख मिल्ने एवं वैदेशिक सहायता आउनेछ । विदेशबाट फाइदा एवम आफन्तजनको सहयोगमा राम्रो कामको योजना बन्नेछ । खानपिन एवं सुखसयलमा खर्च बढ्ने तथा विलासितामा सामान्य खर्च हुनेछ । व्यापार व्यवसायमा भने राम्रो प्रगति देखिन्छ ।

मिथुन – साताको सुरुमा सामान्य स्वास्थ्य बाधा हुनेछ । काममा ढिलासुस्ती एवं आफन्तजनसँग मनमुटाव रहन सक्नेछ । साताको मध्यमा भने पुराना काम पूरा हुने एवं धार्मिक यात्रा हुनेछ । काममा प्रगति देखिने तथा राजनीतिक क्षेत्रमा अवसर मिल्न सक्नेछ । पदीय सुख मिल्ने एवं काममा प्रशंसा हुनेछ । स्वास्थ्यमा भने सामान्य गडबढी एवं सञ्चित धन खर्च हुने देखिन्छ ।

कर्कट – साझेदारी लगानीमा फाइदा हुनेछ । प्रेममा प्रगति मिल्ने तथा आफन्तसँग भेटघाट हुनेछ । खानपीनको कारणले स्वास्थ्यमा बाधा
एवं पारीवारिक स्वास्थ्यमा समस्या आउनेछ । साताको मध्यमा भने व्यवसायमा झमेला आउन सक्ने तथा झूठो आरोपको सामना गर्नुपर्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवं यात्रामा खर्च बढ्नेछ ।

सिंह– साताको शुरुमा काममा व्यस्तता बढ्नेछ । जिम्मेवारी थपिने एवं ठूलाबडाको साथ भने मिल्नेछ । व्यापार व्यवसायमा राम्रो आम्दानी
हुने तथा सम्पतिको जाहो हुनेछ । परिवारसँगको रमाइलोमा दिन बित्ने एवम वैवाहिक जीवनमा प्रेमको वृद्धि हुनेछ । छोटो यात्रा हुने तथा व्यवसायमा सन्तुष्टि मिल्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा गडबढी एवं आफन्तजनसँग सामान्य वैरभाव रहनेछ । यात्रामा जोगिनुपर्ने तथा अनावश्यक झन्झटले काम लम्बिने देखिन्छ ।

कन्या– अध्ययन एवम कला, संगीतमा रुचि जानेछ । धार्मिक एवं आध्यात्मी क्षेत्रमा संलग्नता बढ्ने तथा व्यापार व्यावसायमा भने राम्रो आम्दानी हुनेछ । सन्तानको सहयोगले अधुरा काममा प्रगति देखिन्छ । सामान्य वादविवाद पर्न सक्ने एवं घरायसी विवाद भने बढ्नेछ । साताकोअन्त्यमा भने दौडधुप धेरै एवं जिम्मेवारी बढ्नाले व्यक्तिगत काममा बाधा पुग्नेछ ।

तुला– चिसोले सताउनेछ । आफन्तसँगको कारोबारमा केही असन्तुष्टि हुनेछ । महिलासँग दुश्मनी बढ्ने एवं घरायसी झैझगडा हुन सक्नेछ ।
साताको मध्यमा भने सवारी सुख मिल्ने एवं भोगविलासमा खर्च बढ्नेछ । साथीभाइले आर्थिक सहयोग गर्नेछन् तथा आफन्तबाट आश्वासन मिल्नेछ । साताको अन्त्यमा भने खेलकुदमा रुचि जाने, घरबाहिरको काममा प्रगति देखिने तथा व्यक्तिगत कुरामा खर्च बढी हुनेछ ।

वृश्चिक– उत्साह, उमंग बढ्नेछ । छोटो यात्राको अवसर मिल्ने एवं दाजुभाइको सहयोगले सामुहिक काम बन्नेछ । दिदीबहिनी एवं बन्धुबाट काममा प्रशंसा मिल्नेछ । साताको मध्यमा भने काममा बाधा आउने एवं आर्थिक रुपमा समस्या पर्ने तथा पारीवारिक सरसल्लाहमा कमी आउनेछ । साताको अन्त्यमा भने धनसम्पत्ति बढ्ने एवं जग्गा जमिनको कारोबारबाट सन्तुष्टि मिल्नेछ । कृषि तथा पशु चौपायाबाट राम्रो आम्दानी हुनेछ ।

धनु–बोली बचनको प्रयोगले सम्बन्ध राम्रो बन्नेछ । धनसम्पत्तिको कारोबारमा वृद्धि हुने, नयाँ वस्त्र, गाडी एवं सरसामानमा खर्च बढ्ने योग देखिन्छ । मिठो भोजनको सुख मिल्ने एवं परिवारसँगको भेटमा रमाइलो हुनेछ । साताको मध्यमा भने हिँडडुलले स्वास्थ्यमा समस्या दिने तथा अनावश्यक बोझ आइपर्नेछ । दाजुभाइको सहयोगले काममा भने सजिलो हुनेछ । यात्रामा भने झन्झट एवं व्यक्तिगत काममा बाधा पुग्नेछ । आफ्ना मान्छे सहयोग नदिँदा आँटेको काममा बाधा पुग्नेछ ।

मकर– मनोरञ्जनमा खर्च हुनेछ । साथीभाइ भेटघाट बढ्ने एवं आफन्तसँग खानपिन तथा रमाइलोमा समय बित्नेछ । धनको कारोबारमा भने वृद्धि हुने तथा व्यापारमा आम्दानी राम्रो हुनेछ । मिठो बोलीले काम बन्ने तथा कुटुम्बसँग भेटघाट हुनेछ । मानसम्मानको योग बढ्ने तथा काममा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा भने सामान्य गडबढी एवं आफन्तसँगको कारोबारमा सामान्य विवाद पर्नसक्नेछ ।

कुम्भ– खर्च अधिक हुनेछ । यात्रामा सामान हराउन सक्ने तथा सामान्य क्षति हुन सक्नेछ । स्वास्थ्यमा समस्या हुने तथा परिवारमा मनमुटाव
बढ्नेछ । साताको मध्यमा भने नयाँ मित्रसँग भेटघाट हुने तथा वैदेशिक सहायता मिल्ने एवं मनोरञ्जनमा बढी समय बित्नेछ । साताको अन्त्यमा भने सानो यात्रा हुने एवम आफन्तसँगको भेटघाटमा भोजनको सुख मिल्ने एवम धनसम्पत्तिको वृद्धि हुने तथा लगानीमा राम्रो प्रतिफल आउनेछ ।

मीन– व्यवसाय फस्टाउनेछ । आर्थिक कारोबार बढ्नाले पुरानो व्यवहार सल्टिनेछ । ऋणको भार कम हुने तथा सन्तानबाट आर्थिक सहयोग
मिल्नेछ । साताको मध्यमा भने अचानक स्वास्थ्यमा समस्या देखिने एवं यात्रामा झन्झट आउनेछ । खर्च बढ्ने तथा आँटेको काममा अड्चन आउनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार हुने एवं आफन्तसँग भेटघाट मिल्नेछ । वैदेशिक यात्राको योग बन्ने तथा साझेदारी लगानीमा नयाँ काम शुरु हुनेछ ।

ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah