काठमाडौं – थाइल्यान्डको थाम्मासात विश्वविद्यालयको छतबाट १२ फीट लामो अजिंगर निस्किएपछि विद्यार्थी र शिक्षकहरू भागाभाग गरेका छन् ।

अजिंगर कोरिडोरको सीलिङबाट निस्किएको थियो र लामो जिभ्रो बाहिर निकालेको थियो ।

ऊ पछि पूरै तन्किएको थियो र जिभ्रो निकाल्दै फेरि सीलिङतिरै पसेको थियो ।

भिडियो क्यामरा कोरिडोरको पछिल्तिर प्यान गर्दा दुईजना मात्र देखिन्छन् किनकि विद्यार्थी र शिक्षकहरू भागेका थिए ।

एकजना किशोरी अलि सुरक्षित दूरीमा उभिएर डराउँदै अजिंगरलाई हेरिरहेको अनि मानिसहरू भागेको देखेर हाँसेको देखिन्छ ।

घटना असोज ११ गते भएको हो । फुपा फुवानानोन नाम गरेका उपप्राध्यापक त्यतिखेर घटनास्थलमा थिए । सर्प देखेपछि आफू तर्सिएको उनले बताए ।

‘हाम्रो क्याम्पसमा थुप्रै सरीपृप छन् तर अजिंगर छतबाट तुर्लुंग झुण्डिएको दृश्य चाहिँ अलि आश्चर्यलाग्दो नै थियो,’ उनले भने, ‘अजिंगरको त्यहाँ गुँड भएकाले वा मुसा लगायत शिकार देखेकाले ऊ त्यहाँ पुगेको हुनुपर्छ ।’

स्थानीय उद्धार टोली नआउन्जेल विद्यार्थी र कर्मचारीहरू अजिंगरबाट टाढै बसेका थिए ।

अजिंगरलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइयो र प्राकृतिक वासस्थानमा लगेर छोडियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah