काठमाडौं/ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठक आज बस्दैछ।
आइतबार बस्ने बैठकबाट झण्डै ४ बर्षदेखिको आईसीसीको निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) निलम्बन फुकुवा हुने अपेक्षा नेपाली क्रिकेट जगतको छ।
आईसीसीकै रोडम्याप अनुसार बनेको स्वतन्त्र कमिटीको संयोजकत्वमा असोज ११ गते क्यानको नेतृत्वमा चतुरबहादुर चन्दको टोली आइसकेको छ ।
क्यान निर्वाचन भएसँगै क्यानको निलम्बन फुकुवा हुने गरि वातावरण तयार बन्न सक्ने नव निर्वाचित सचिव असोकनाथ प्याकुरेलले बताएका छन् ।
आईसीसीको बोर्ड बैठक आज बस्ने भनिएपनि कति बजे बस्ने भन्नेबारे भने क्यानलाई जानकारी नरहेको प्याकुरेलले बताए ।
‘आज बैठक बस्ने भन्ने हामीले पनि जानकारी पाएका हौं तर, कति बजे बस्ने भन्ने जानकारी छैन्। आजको बैठकले निलम्बन फुकुवा नै भएको भन्ने घोषणा नहुन सक्छ,´ सचिव प्याकुरेलले भने, तर, निलम्बन फुकुवाको प्रक्रियामा जान सक्छ । हामी त्यसैगरी तयार हुनुपर्छ। निलम्बन फुकुवा हुन त लामो प्रक्रिया लाग्छ ।´
आज बस्ने आईसीसी बैठकबाट नेपाली क्रिकेटका लागि सुखद् समाचार भने आउनसक्ने सम्भावना रहेको उनले बताए ।खबरहब



