बलिउड स्टारहरुको जीवन टाढाबाट हेर्दा जति सुन्दर देखिन्छ नि, नजिकबाट नियाल्ने हो भने त्यति नै जटिल छ । कलाकारलाई फिट रहन कडा मेहेनत गर्नुपर्ने हुन्छ । यस्ता कैयौ स्टार छन्, जसले माटोपन घटाउन धेरै पसिना बगाउनु पर्यो र स्लिम पनि बने । हेर्नुस् कडा मेहेनत पछि फिट बनेका चर्चित अनुहारहरु ।
जरिन खान -अभिनेत्री जरिन खान बलिउडकी बोल्ड कलाकार मध्येकी एक हुन् । केहि समयअघि उनले आफ्नो बचपनको फोटो सामाजिक सन्जालमा सेयर गरेकी थिइन् । जसमा उनी एकदमै मोटि देखिन्छिन् । तर जरिनले कडा मेहेनत गरिन् र स्लिम बनिन् ।

परिनिति चोपडा अभिनेत्री परिणिति चोपडाले बलिउडमा प्रवेश गर्दा उनी एकदमै हिस्टपुष्ट थिइन् । तर आफ्नो तौल घटाउन उनले कडा मेहेनत गर्नुपर्यो । उनले एक अन्तर्वार्तामा बताएअनुसार पहिले उनी ३८ साइजको प्यान्ट लगाउनु पर्थ्यो भने अहिले ३० साइजको लगाउछिन् ।
।
फिल्म ‘दम लगा के हैसा ‘कि नायिका भुमि पेडनेकरले आफ्नो तौल लगभग ३० किलो सम्म घटाएर स्लिम बनेकी छिन् ।

सोनाक्षि सिन्हा- ‘दवंग’ फिल्मबाट अभिनय यात्रा थालेकी नायिका सोनाक्षिले पनि आफ्नो तौल घटाउन धेरै पसिना बगाउनु पर्यो । परिणाम स्वरुप अहिले उनी अहिले फिट देखिन्छिन् ।

आलिया भाट – फिल्म स्टुडेन्ट अफ द इयरबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री आलिया पनि फिल्ममा आउनु अघि अत्याधिक मोटी थिइन् । तर हाल उनी स्लिम देखिन्छिन् भने उनको ग्ल्यामरस उत्तिकै मनमोहक छ ।

सोनम कपुर -पातली र स्टाइलीस देखिने अभिनेत्री सोनम कपुर पनि फिल्मी क्षेत्रमा प्रवेश गर्नुअघि मोटी थिइन् । बलिउडमा प्रवेश गरेपछि उनले आफ्नो तौल ३५ केजि घटाएकी थिइन् ।

अर्जुन कपुर -आफ्नी बहिनी सोनम कपुर झै अर्जुनले पनि फिल्मी क्षेत्रमा प्रवेश गरेपछि लगभग १४० किलो तौल बाट ५० किलो सम्म घटाएका थिए । अहिले उनी आफ्नो तौललाई मेन्टेन गरिरहन्छन् ।

पाकिस्तानी गायक अदनाम सामी पहिले अत्याधिक मोटा थिए । उनलाई एक डाक्टरले तौल घटाउन सुझाएका थिए । त्यसपछि उनले आफ्नो तौल घटाउन कडा मेहेनत गरेर १०० किलो भन्दा बढि तौल घटाएर फिट बने ।

केहि समय अघि एक सन्तानकी आमा बनेकी अभिनेत्री करिना कपुर फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि मोटी थिइन् । त्यसपछि उनले आफ्नो तौल घटाएपछि उनको जिरो फिगर निकै चर्चित बनेको थियो।



