एजेन्सी / पेट दुखेर उपचारका लागि जानुभएको तपाईंलाई डाक्टरले एकाएक गर्भको जाँच गर्न भने भने तपाईं के सोच्नुहुन्छ ? तपाईंलाई लाग्न सक्छ, यस्तो पनि कहीं हुन्छ र ?

यो घटना भारतको भारखण्डको हो । एक युवक पेटको दुखाईको उपचार गर्न अस्पताल गएका थिए । तर अस्पतालमा डाक्टरले दुई पुरूषलाई एब्सोल्यूट न्यूट्रोफिल काउन्ट (एएन्सी) परिक्षण गर्न आदेश दिएका छन् । जुन परिक्षण गर्भवती महिलाहरूमा गरिन्छ ।

एजेन्सीका अनुसार, झारखण्डको एक गाउँमा बस्ने २२ वर्षिय गोपाल गन्झू र अर्का सुधु गन्झू अक्टूबर १ मा पेटको दुखाईको उपचारका लागि सिमरियाका सरकारी अस्पतालमा गएका थिए । त्यहाँ कार्यरत डाक्टर मुकेशले दुवैको स्वास्थ्य जाँच गरी एक पर्चामा जाँच गराउनुपर्ने विषयहरू उल्लेख गरी पठाए ।

दुवै त्यो पर्चा बोकेर प्याथालोजी पुगे, त्यहाँ त्यो पर्चा देखेर डाक्टर नै अचम्ममा परे । उनीहरूलाई डाक्टरले गर्भवती महिलालाई गराउने परिक्षण गराउन निर्देशन दिएका थिए । त्यसपछि प्याथालोजीका डाक्टरले उनीहरूको एएनसी परिक्षण गराउन अस्विकार गरे । त्यसपछि ती दुवै युवक घर फर्किए ।

यो कुरा चर्चामा आउनेबित्तिक अस्पताका वरिष्ठ डाक्टर अरुण कुमारले ती डाक्टरलाई यसबारे जानकारी नभएकोले यस्तो भएको बताएका छन् । उनलाई कारबाहीका लागि अहिले अनुसन्धान शुरू गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah