१.मलाई जति भुल्ने कोशिश गर म फेरी याद आउनेछु,तिमी थाक्नेछौ मलाई भुल्ने कोशिशमा तब तिमी पानी पिउनेछौ तर म त्यही पानीमा पनि बाडुली बनेर सताउनेछु,

२.वियोगको पिडा लियर हाँसे तिम्लाई खुसी दियर हाँसे तिमी संग छुटेर जिउनु पर्दा घुटु-घुटु आँशु पियर हाँसे!

३.संसारकै सबैभन्दा वजनदार वस्तु मन रहेछ आज थाम्न र सहन नसक्ने गरी गरुङ्गो हुँदैछ अनि साह्रै हल्का चाहिँ आँसु रहेछ अडिनै नसकी टिलपिल गर्दै झर्दैछ।

४.जिन्दगीमा कसैको लागि पनि नरुनु किनकि जसको लागि तिमी रुँदै छौ त्यो तिम्रो आँशूको लायक नहुन सक्छ अनि जो तिम्रो आँशूको लायक छ त्यसले तिमीलाई रुने मौका दिने छैन।

५. मैले त तिम्रो इच्छा पुरा गर्न तिमी संग माया लाएको थिए तर मलाई के थाहा मलाई छोड्ने तिम्रो पहिलो इच्छा हुन्छ होला भनेर ।

६.जब तिमीले पनि धोका पाउनेछौ अनि थाहा हुने छ मेरो आशुको मुल्य कति थियो भनेर !

७.ढुङ्गाको रहेछ त्यो मुटु जति पगाल्न खोजे पनि सकिन उल्टै मेरो मुटु टुक्रेर गए,

८. बिस्वास तोडेर गयौ तर तिमीले म जस्तो चोखो माया गुमायौ,
९. अपरिचितबाट सुरु भएको हाम्रो सम्बन्ध, बिस्तारै तपाईं,तिमी,त हुँदै अपरिचित मै गएर टुङ्गियो !

१०.हो रैछ माया साच्चै बुद्धि नहुनेले नै गर्दो रहेछ जस्तै म।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय