एजेन्सी/ नासाका वैज्ञानिकहरुले चन्द्रमा र मंगल ग्रहमा मूला र गोलभेडा फलाउन सफल भएको दावी गरेका छन् ।

मंगल ग्रह र चन्द्रमाको वातावरणमा माटो तयार गरेर त्यसमा बाली उमार्ने सफलता पाएको दावी नासाका वैज्ञानिकहरुले गरेका छन् । यदि भविष्यमा रातो ग्रह (मंगल) तथा चन्द्रमामा मानव बस्ती बसाइने हो भने उनीहरुका लागि खाद्य पदार्थ उमार्न सकिने उनीहरुको दावी छ ।

नेदरल्याण्डका भगेनिगेन युनिभर्सिटीका शोधकर्ताले मंगल ग्रह तथा चन्द्रमामा उमारिएको बालीको बीऊ पनि प्राप्त गर्न सकिने सम्भावना रहेको बताएका छन् । उनीहरुले गोलभेडा, मुला, पालुंगो तथा केराउ लगायतका फरक– फरक बाली पनि उमारेका छन् ।

भगेनिंगेन युनिभर्सिटीका विगर भेमलिंकले भनेका छन्, ‘जब हामीले कृत्रिम रुपमा तयार पारिएको मंगल ग्रहको माटोमा उमारिएको पहिलो गोलभेडा रातो भएको देख्यौ, हामी उत्साहले भरियौ । यसको अर्थ यो हो कि हामीले निरन्तर कृषि परिस्थितितन्त्रर्फको कदम अगाडि बढाएका छौ ।’

शोधकर्ताले मंगल ग्रह तथा चन्द्रमाको भूमिको माथिल्लो आवरणमा पाइएको माटोमा सामान्य माटो मिलाएर कृत्रिम रुपमा यस किसिमको वातावरण विकसित गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah