मेष- घरबाहिर व्यस्तता बढ्नेछ । खेलकुदमा मन जाने एवं नयाँ मित्र भेटघाट हुनेछ । वादविवाद टुंगो लाग्ने एवं साथीभाइसँग नयाँ मित्रता गाँसिनेछ । पराक्रम बढ्ने एवम पारिवारिक भेटघाट हुनेछ । वैदेशिक यात्राको योग पर्ने एवं साझेदारी व्यवसायमा आम्दानी राम्रो हुनेछ। साताको अन्त्यमा भने अनावश्यक झमेला आउने तथा अरुबाट धोका मिल्न सक्नेछ ।

वृष- विद्याध्ययनमा प्रगति देखिन्छ । कला, संगीतमा रुचि जाने एवम आम्दानीको स्तर बढ्नेछ । खेलकुद एवम प्रतिस्पर्धामा जित हुने तथा ठुला बडाबाट सहयोग मिल्नेछ । साथीभाइको सहयोगले काम बन्ने एवं रमाइलो यात्रा हुनेछ । पारिवारिक मेलमिलाप एवं प्रेममा प्रगति देखिन्छ । नयाँ कामको योजना बन्नेछ ।

मिथुन- साताको सुरुमा मानसिक चिन्ता बढ्ने एवं घरायसी मामिलामा समस्या आउनेछ । स्वास्थ्यले समस्या दिने एवं मित्रबाट असहयोग हुनेछ । साताको मध्यमा भने सन्तानबाट सहयोग मिल्ने, व्यापारमा फाइदा हुने एवं सम्पति जोरजम्मा हुनेछ । साताको अन्त्यमा भने नोकरीमा फाइदा एवं शारिरीक परिश्रम एवम जिम्मेवारीको भार बढ्नेछ ।

कर्कट- छोटो यात्रा हुनेछ । दाजुभाइबाट सहयोग एवं पारिवारिक मेलमिलापबाट काम बन्नेछ । काममा वोझ थपिनाले काम अधुरो रहनेछ ,। हतारमा काम बिग्रिनाले आर्थिक व्यय हुनेछ । छातीको बिमार देखिने एवं स्वास्थ्यमा खर्च हुनेछ । साताको अन्त्यमा भने अध्ययनमा रुचि जाने एवं लगानीमा फाइदा मिल्नेछ । बौद्धिक जगतमा प्रशंसा मिल्नेछ ।

सिंह- सभा एवं गोष्ठीमा सहभागिता मिल्नेछ । नयाँ योजना सुरु हुने एवं पुराना कामबाट फाइदा मिल्नेछ । बोलीले काम बन्ने एवं ठुलाबडासँग भेटघाट हुनेछ । कामको जिम्मेवारी थपिने एवम् छोटो यात्राको योग बन्नेछ । भाइबन्धुको सहयोग मिल्ने एवं परिवारमा सद्भाव रहनेछ । साताको अन्त्यमा भने प्रेममा मनमुटाव हुने, आपसी झैझगडा बल्झिने देखिन्छ ।

कन्या- काममा अलमल हुनेछ । फाइदा अरुले लिनाले लगानी खेर जानेछ । हतारमा काम बिग्रिनाले अपजसको भागीदार भइनेछ । साताको मध्यमा भने धनसम्पत्तिको जोहो हुने एवंआर्थिक सहयोग मिल्नेछ । भोजभतेर एवम साथीभाइसँग भेटघाट रहने तथा भोग विलासमा धन खर्च हुनेछ । साताको अन्त्यमा भने रमाइलोमा खर्च हुने, पैसाको अभाव रहने एवं वैदेशिक कामबाट झन्झट मिल्नेछ ।

तुला- यात्रामा सास्ती हुनेछ । अनावश्यक खर्च बढ्ने एवम सरसहयोगमा धन सकिनेछ । मानसिक चिन्ता बढ्ने एवम योजनामा ढिलासुस्ती हुनेछ । साताको मध्यमा भने मित्रजन भेटघाट हुने एवं पारिवारिक सहयोग मिल्नेछ । प्रेममा प्रगति हुनाले शंका हटेर जानेछ । साताको अन्त्यमा भने व्यापारमा फाइदा एवं लगानीमा नाफ मिल्नेछ ।

वृश्चिक- आम्दानीको श्रोत देखिन्छ । धनको सहयोग मिल्नाले आँटेको काममा सफलता हुनेछ । कृषि एवं भुमिबाट फाइदा हुने पशुचौपायामा लाभ हुनेछ । माइति मावली पक्षबाट सहयोग मिल्नेछ । राजनीतिमा पहुँच मिल्ने एवं सरकारी क्षेत्रबाट फाइदा हुनेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवं पारिवारिक खर्च बढ्नेछ ।

धनु- नोकरी, रोजगारीमा सफलता मिल्नेछ । धनसम्पत्तिको सुख मिल्ने एवं काममा जस पाइनेछ । लेखन एवम कलाकारितामा रुचि बढ्ने
तथा सामाजिक क्षेत्रमा प्रतिष्ठा कायम रहनेछ । लगानीमा फाइदा मिल्ने तथा व्यापार व्यवसायमा आम्दानी हुनेछ । साताको अन्त्यमा भने काम बिगार्ने अघि सर्नेछन् । गुप्त शत्रुको भय रहनेछ ।

मकर- विदेशबाट फाइदा मिल्नेछ । सामाजिक एवं परोपकारमा व्यस्तता हुनेछ । लामो यात्रा हुने एवं पारिवारिक भेटघाट रहनेछ । धर्म कर्ममा रुचि जाने एवं सामाजिक क्षेत्रमा पहिचान मिल्नेछ । पद, प्रतिष्ठा वृद्धि हुने एवं सम्मानको योग रहेको छ । ठुलाबडाको साथ मिल्नाले आम्दानीको स्तर बढ्नेछ ।

कुम्भ- अनावश्यक लाञ्छना लाग्नेछ । काममा वाधा आउनाले खर्चको लागत बढ्नेछ । स्वास्थ्यमा समस्या हुने एवं प्रियजनबाट धोका हुनेछ । साताको मध्यमा भने धार्मिक यात्रा हुने एवम वैदेशिक कामबाट फाइदा मिल्नेछ । टाढाबाट सहयोग आउनाले अधुरा काम पुरा हुने देखिन्छ । साताको अन्त्यमा भने रोजगारीको अवसर मिलने एवं राजनीति एवम नेतृत्वमा राम्रो अवसर मिल्नेछ ।

मीन- प्रेममा खुशी बढ्नेछ । साथी भाइको सहयोगमा सामाजिक काम बन्नेछ । साझेदारीमा फाइदा एवं व्यावसायिक यात्रा हुनेछ । जीवनमा साथीको सहयोगले महत्वपूर्ण काम बन्नेछ । साताको मध्यमा भने काममा धोका हुन सक्ने एवम स्वास्थ्यले समेत समस्या दिन सक्नेछ । धन बढी खर्च हुने तथा काम ढिलो हुनेछ । साताको अन्त्यमा भने भाग्यले साथ दिने, अधुरा काम बन्ने एवम राजतिक नेतृत्वसँग राम्रो सम्बन्ध स्थापित हुनेछ ।

प्रस्तुति ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah