काठमाडौं – अफ्रिकी मुलुक जाम्बियाको आइल्यान्ड बुश क्याम्प निकुञ्जमा लुआङ्वा नदी नजिक एक विशाल हात्ती गोहीमाथि लडेको खतरनाक तस्वीर सार्वजनिक भएको छ ।

तस्वीरमा मृत हात्तीको टाउको चाहिँ हाइनाले खाएको देखिन्छ भने च्यापिएको गोहीको अघिल्तिरका खुट्टा र पुच्छर देखिन्छ ।

तस्वीरहरू काफ्तुना सफारीको फेसबूक पेजमा शेयर गरिएको थियो । निकुञ्ज अधिकारीहरूलाई यसको अनुसन्धान गर्न समेत बोलाइएको थियो ।

यो अत्यन्तै अनौठो परिस्थिति भएको बताइएको छ किनकि हात्ती गोहीमाथि थियो र उसले गोहीलाई कच्याककुचुक बनायो ।

हात्ती लुआङ्वा नदीको किनार चढ्न खोज्दा थाकेर लडेको र गोहीलाई थिचेको निकुञ्ज अधिकारीहरूले विश्वास गरेका छन् ।

‘निकुञ्ज अधिकारीहरूले हात्तीको मृत्युमा मानिसको हात रहेको कुनै चिह्न फेला पारेनन् । विशाल हात्तीले दर्जनौं गिद्धहरूलाई आहार दिलायो,’ सफारीले लेख्यो ।

सफारी गाइड एन्ड्रु मवान्जाले हात्तीको लाश १२ दिनअघि फेला पारेका हुन् ।

गोहीभन्दा हात्ती निकै भारी हुन्छ तर गोहीहरूले साना हात्तीलाई विगतमा आक्रमण गर्ने गरेका थिए ।

नाइल गोहीहरू लुआङ्वा नदीमा भेटिन्छन् र उनीहरूले नदी तरिरहेका वा नदीमा पानी पिइरहेका हात्तीमाथि आक्रमण गर्ने गर्छन् ।

नदी तर्ने क्रममा आक्रमणमा परेको हात्तीले गोहीको पिण्ड छुटाउन नसकेको र थाकेर गोहीमाथि पछारिएर त्यसलाई चेप्ट्याएको हुन सक्छ ।

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah