काठमाडौं– हिरालाई सबै गहना मध्ये सर्वश्रेष्ठ मानिदै आएको छ । यही कारणले अन्य रत्नको तुलनामा यसको मूल्य पनि महँगो पर्ने गरेको छ । विश्वमा यस्ता हिरा पनि छन्, जसको मूल्य अर्बौ रुपैयाँ हुने गरेको छ । आज हामी तपाईलाई विश्वकै महँगो हिराको बारेमा जानकारी गराउन गइरहेका छौ ।

पिंक सर विश्वकै दुर्लभ हिरा मध्येको एक हो । ५९.६ क्यारेटको यो हिराको आकार कुखुराको अण्डा बराबर रहेको छ । २०१७ मा हङकङमा भएको लीलामीमा यो हिरा ७ अर्ब ४० करोड रुपैयाँमा बिक्री भएको थियो । यो सर्वाधिक महँगो हिराको बिक्रीको विश्व रेकर्ड रहेको थियो ।

ओपनहाइमर ब्लू हिरा पनि दुर्लभ हिरा मध्येको एक हो । १४.६२ क्यारेटको यो हिरा २०१६ मा स्वीट्जरल्यान्डको जेनेभाको क्रिस्टी लीलामी घरले लीलामी गरेको थियो । यो हिरा करिब ५ अर्ब २६ करोड रुपैयाँमा बिक्री भएको थियो ।

ब्लू मुन नामको यो हिरा २०१५ मा ५ अर्ब ४ करोड रुपैयाँमा बिक्री भएको थियो । औठीमा राखिएको यो हिरा हङकङका जोसफ लूले आफ्नी छोरीका लागि किनेका थिए । यसपछि उनले उक्त हिराको नाम पनि आफ्नी छोरीको नाममा ब्लू मुन अफ जोसेफाइन राखिदिएका थिए । यो हिरा १२.०३ क्यारेटको थियो ।

विश्वकै सर्वाधिक ठूलो हिरा सुमार ग्राफ पिंक २०१० मा लीलामी भएको थियो । जसमा यो हिराले करिब ४ अर्ब ८० करोड रुपैयाँको मूल्य पाएको थियो । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah