एजेन्सी/ कहिलेकाँही मानव दानव हुन्छन् । यस्तै मानवरुपी दानवले ९ महिनाको बिरालोलाई थुप्रै पटक बलात्कार मात्रै गरेनन्, शरीरभरी मैनबत्ती दलेर आगोसमेत लगाइदिए ।

घटना इंगल्याण्डको हो । यहाँको वर्किङ टाउनस्थित एक सडकमा अधमरो स्थितीमा मानिसहरुले एउटा बिरालोलाई देखे । बिरालोको केही अंग जलिसकेको थियो । अस्पतालमा डाक्टरले जब बिरालोको परीक्षण गरे तब सबै चकित भए ।

डाक्टरलाई उद्धृत गर्दै द सनको रिपोर्टमा भनिएको छ – बिरालोलाई बलात्कार गरेपछि तातो मैनले पोल्ने कोसिस गरिएको छ । बिरालोको शरीरमा घाउका निशान पनि थिए ।

 

 

‘एउटा बिरालोमाथि यति बिघ्न हिंसा पहिले कहिले देखेकी थिइनँ । उनीमाथि यस्तो भएको देख्नु हृदयविदारक हो,’ मिलब्रुक एनिमल सेन्टरकी डेप्युटी म्यानेजर लिज वुडले बताएकी छिन् । बिरालोलाई बाटो यत्तिकै फ्याँकिएको भेटिएपछि उनको रेखदेखमा लिज नै उत्रिएकी छिन् ।

बिरालोको नाम मिनी हो । मिनीको निकै पीडादायी तस्बिर सोसल मिडियामा पनि भाइरल भएका छन् ।

डाक्टरका अनुसार जब मिनीलाई अस्पताल ल्याइएको थियो तब उसको बाँच्ने आशा कमै थियो तर मिनी अब खतरमुक्त भएको बताइन्छ । मिनीलाई सिमन ममफर्ड नामका व्यक्तिले पाल्ने भएका छन् ।

रिपोर्टका अनुसार यो मामलामा बलात्कारीविरुद्ध मुद्दा दर्ता भएको छ र पुलिस अपराधीको खोजीमा जुटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah