काठमाडौं, १३ असोज । पाकिस्तानमा तय भएको ११ औं सार्क शखिर सम्मेलनमा भारतले सुरक्षाको कारण देखाउँदै आफु संलग्न हुन नसक्ने भन्दै पाकिस्तानलाई एक्ल्याउने रणनीतिमा रहेको बेला नेपालले भने तोकिएकै समयमा सार्क सम्मेलन हुनपर्ने सार्वजनिक अडान राखेको छ ।

भारतले सार्क सहभागी नहुने भने लगत्तै बंगालादेश, अफगानिस्तान र भुटानले समेत भारतीय नीतिलाई साथ दिएपछि अध्यक्षता गरिरहेको नेपालको समेत साथ खोजेको थियो । तर नेपालले पाकिस्तानलाई एक्ल्याउने भारतीय मोदी नीतिको साथ नरहेको सार्वजनिक अडान राख्दै तोकिएकै समयमा सार्क सम्मलेन हुनुपर्ने र सुरक्षाका लागी आयोजक राष्ट्र पाकिस्तानले विश्वासको वातावरण बनाउनुपर्ने बताएको छ ।

बुधबार नेपालको परराष्ट्र मन्त्रालयले एक बिज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, –‘‘सार्क अध्यक्ष देश हुनाका नाताले सार्कका सबै देशलाई नेपाल सरकार सार्कको वडापत्रको मर्मअनुसार सार्क शिखर सम्मेलन गर्नका लागि सबै सदस्य देशले आफ्नो सहभागिता सुनिश्चित गर्दै त्यसका लागि सुहाउँदो वातावरण बनाउन आग्रह गर्छ ।’

नेपालको यस्तो प्रतिकृयापछि भारतीय भनाई सार्वजनिक नभएपनि यसले भारतलाई दबाव सिर्जना गरेको छ । भारतले भने सार्कको सिमा क्षेत्रमा आंतककारी हमला बढेको कारण देखाउँदै सम्मेलनमा भाग लिन नसक्ने बताएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah