बलिउड अभिनेता जोन अब्राहम बाइक र गाडीका सौखिन हुन्। जोनको यसै कुरालाई ध्यानमा राख्दै ‘मुम्बई सागा’का निर्देशक संजय गुप्ताले ३० लाख भारू बराबरको एक पिकअप ट्रक उपहार दिएका छन्।

 

उनले जोनलाई इसुजु डिम्याक्सको पिकअप ट्रक उपहार दिएका हुन्। संजयले जोनको कामबाट प्रभावित भएर यो गाडी उपहार दिएका हुन्।

‘मैले बाइक र कारको मामिलामा जोन जस्तो मान्छे देखेको छैन। उसँग कार र बाइकको राम्रो संग्रह छ। मैले उसको लागि पिकअप ट्रक किने किनकी यो उनको संग्रहमा छैन। यसको परिक्षण पनि हामीले साथमा गरेका थियौं र मलाई यसलाई उनले कति मनपराए भन्ने महसुस भयो। आफ्नो आँगनमा यसलाई पार्क गरेको देखेर उनी अचम्ममा परे’, उपहारपछि जोनको प्रतिक्रियाबारेमा बताउँदै संजयले भने।

संजयले यसअघि पनि जोनलाई कामबाट खुशी भएर सुपरबाइक दिएका थिए। उनले सन् २०१३ मा रिलिज भएको ‘शुटआउट एट वडाला’मा जोनले गरेको कामका लागि सो बाइक उपहार दिएका थिए।

जोन र संजयले हालसम्म ‘जिन्दा’, ‘सुटआउट एट वाडला’ तथा ‘मुम्बई सागा’ गरी ३ सिनेमामा एकसाथ काम गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah