वि.सं. २०७६ कात्तिक १९, मंगलबार, इ.स. २०१९ नोभेम्बर ५, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, अष्टमी, ६:३० उप्रान्त नवमी, नक्षत्र– धनिष्ठा, ३२:०४ बजेउप्रान्त शतभिषा, योग– गण्ड, १०:११ बजेउप्रान्त वृद्धि, करण– वव, ६:३० बजेदेखि वालव, १९:१८ बजेउप्रान्त कौलव, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– मकर, १८:५६ बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी ५ पला। धनिष्ठा पञ्चक १८:५६ बजे प्रारम्भ, बैतडीको सिलङ्गामा महारुद्र कोटिहोम मेला।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २०, बुधबार, इ.स. २०१९ नोभेम्बर ६, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, शरद ऋतु, ने.सं. ११४० कछलाथ्व, कार्तिक शुक्लपक्ष, नवमी, ८:११ उप्रान्त दशमी, नक्षत्र– धनिष्ठा, ८:०४ बजेउप्रान्त शतभिषा, योग– वृद्धि, १०:२५ बजेउप्रान्त ध्रुव, करण– कौलव, ८:११ बजेदेखि तैतिल, २१:०९ बजेउप्रान्त गर, आनन्दादिमा मित्र योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी १ पला, पञ्चक, कुष्माण्ड नवमी, सत्य युगादि, सक्वचँगुवने, हेटौंडास्थित कुष्माण्ड सरोवरमा धर्मिक मेला।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
धार्मिक क्रियाकलापबाट मनमा शान्ति मिल्नेछ,आफन्त तथा साथि भाइ संग सहयोगको आदान प्रदान गरिनेछ,राम्रो लगाउने मीठो खाने अवसर मिल्ने छ,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,धनार्जन गर्न सकिनेछ भने आर्जित धनको संचय पनि गरिनेछ,बैदेशिक सहयोग बढे संगै,आजको शुभ अंक ११ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, काममा क्रमश सुधारको संकेत देखिनेछ,रोकिएका काममा सफलता हात लाग्नेछ,आजको शुभ अंक १ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
विश्वास जित्नै अघि बढ्न सकिने छ,आर्थिक हिसाबले समय बलबान रहनेछ,लगानी गर्नु पूर्व पूर्ण जानकारी लिएर गर्नु भएमा अझ बढी सफलता हाल लाग्नेछ,आजको शुभ अंक १२ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सन्तान सुख बैदेशिक क्षेत्र संग सम्बन्धित ब्यबसाय फस्टाउनेछ, धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,निकै सफल देखिन्छ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
विवाद एवं चिन्ता बढ्न सक्छ,बोलीमा आउने खराबी र रिसको मात्रामा बढ़वा आउनाले आफन्त संगको सम्बन्धमा तिक्तता आउन सक्छ, आजको शुभ अंक ६ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,आर्थिक तथा पारिवारिक झैँ-झमेला आइलाग्ने सम्भाबना देखिएता पनि समय निकै फलदायी हुनेछ,आजको शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
विशिष्ट नयाँ काम गर्ने मौका छ,सामाजिक यश र किर्तिमा वृद्धि हुनेछ,कुरा काट्नेहरु तपाईको प्रशंशा गर्न थाल्नेछन,आर्थिक अबस्थामा सुधार आउनेछ,आजको शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,सवारी साधनको प्रयोग गर्दा निकै चनाखो रहनु पर्ने देखिन्छ,अंग भंग जस्ता ठुलो दुर्घटना हुन सक्ने अबस्था छ,आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
पढाई लेखाइ एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,प्रेम प्रशंग र व्यवसायमा प्रगती हुनेछ,धार्मिक कार्यमा समय बित्नेछ, नोकरीमा पदोन्नती हुने समय छ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अनुकूलको बन्न छ,लगानी सही ठाउँमा हुनेछ,आफन्त संगको सम्बन्धमा कमजोरी आउनेछ,घर जग्गा जमिन संग सम्बन्धित समस्याले सताउन सक्छ,आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
पढाई लेखाईमा प्रगति हुनेछ,फलदायी समय रहनेछ,राजनीतिक तथा सामाजिक मान समान र प्रतिष्ठामा वृद्धि हुनेछ,दुख र चिन्ताबाट धेरै हदसम्म मुक्ति पाइनेछ,आजको शुभ अंक ७ रहेको छ।



