पेरिस, रक्सीले मातेका मानिसका कैयन किस्सा सुन्नमा आउँछन् । यस्तै रोचक घटना यूरोपको पेरिसमा भएको छ ।

एकजना युवक रेलमा यात्रा गर्दै थिए । उनी रक्सीले टिल्ल थिए । रक्सीले टिल्ल भएर यताउती हल्लिरहेका उनी अन्य यात्रुलाई हैरान गर्दै आइरहेका थिए ।

तर अचानक ती युवक रेलका ड्राइभर कक्षतर्फ अघि बढे । हाइस्पिड रेल जर्मनीको फ्रेंकफर्टदेखि पेरिसतर्फ गइरहेको थियो ।

हातमा फायर एक्टिंगुइसर बोकेर यी युवा चालकको कक्षतर्फ अघि बढे अनि शीशा फोडेर ड्राइभरलाई भने– अरे यार, रेल अलि सुस्तरी चलाउन न ।

फेडरल प्रहरीका अनुसार यो रेल जर्मनको ड्यूछे बनले अपरेट गर्ने गर्दछ । युवकको व्यवहारका कारण रेललाई फ्रेकफर्ट नजिकै रोक्नु पर्यो ।

३० वर्षीय ती युवक हेडेबर्ग निवासी भएको बताइन्छ । प्रहरीले युवालाई गिरफ्तार गरेर रेल परिचालनमा खतरनाक तरिकाले बाधा पुर्याउने कोशिससँग सम्बन्धित कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

यात्रुहरुका अनुसार, ती युवकले रृेलमा लागेको अग्नीशमन लाई कब्जामा लिएर चालक कक्षको शीशा फोडेका थिए । रेलको चालक आत्तिएको देखेपछि उसले यात्रुहरुलाई बचाउनु पर्छ, त्यसैले रेल बिस्तारै चलाउन भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah