भारतको हरियाणामा रोमाञ्च मन पराउने एक साँढे २०० फीट अग्लो पानीको टावर चढ्न सफल भएको छ । त्यहाँ पुगेर अड्किएपछि साँढेलाई निकै कष्टका साथ उद्धार गरिएको छ ।
बिहीवार उक्त साँढेलाई चार घन्टाको प्रयासपछि उद्धार गरिएको थियो ।
रेवाडी जिल्लामा भएको यो घटनाको भिडियोमा एउटा क्रेनले साँढेको उद्धार गरिएको देखिन्छ ।
बाल्कोनी जस्तो देखिने संरचनामाथि पुगेपछि उद्धारकर्ताहरूले साँढेलाई क्रेनमा जोडिएको डोरीले बाँधे ।
डोरी कसेर बाँधेपछि साँढेलाई तल रहेको ट्रकमा ओरालियो र सुरक्षित स्थानमा लगियो ।
घटना हेर्नका लागि ठूलै संख्यामा मानिसहरू भेला भएका थिए ।
केही मानिसले पानी भण्डारण ट्यांकको ढोका किन खोलिएको हो भनी प्रश्न गरे । खुला ढोकाबाट पसेर साँढे पानीको टावरमा भर्याङ हुँदै २०० फीट माथि चढ्यो ।
धन्य उद्धारकर्ताहरूले साँढेलाई सुरक्षित रूपमा उद्धार गर्न सके ।



