काठमाडौं/ चीनको हार्बिन शहरमा बस्ने झाङ बिनशेङको नाकमा विगत २० वर्षदेखि दाँत आएको पत्ता लागेपछि चिकित्सकहरूले शल्यक्रिया गरेर हटाएका छन् ।

तीन महिनादेखि नाक बन्द भएर समस्यामा परेपछि अघिल्लो साता उनी अस्पताल पुगेका थिए ।

नाकलाई त उनकै दाँतले बन्द गरेको थाहा पाएपछि उनी स्तब्ध भए । उनी १० वर्षको हुँदा एक दुर्घटना भएपछि दाँत खुस्केको थियो र त्यो नाकमा गएर अड्किएको रहेछ ।

नाकभित्र यसरी दाँत आउनुलाई इन्ट्रानेजल रिटेन्ड टूथ भनिन्छ । शारीरिक क्षति वा उमेर बढ्दा हुने समस्याले यो स्थिति ल्याउँछ ।

नाकको पोरामा दाँत आउने दुर्लभ अवस्था हो र यसले कुल जनसंख्याको ०.१ प्रतिशतलाई सताउँछ । नाकमा दाँत भएको लामो समयसम्म थाहै पाइँदैन ।

यो दुर्लभ मेडिकल केसको रिपोर्ट चिकित्सकहरूले हार्बिन मेडिकल विश्वविद्यालयको फोर्थ एफिलिएटेड हस्पिटलमा रिपोर्ट गरेका थिए ।

झाङ सन् १९९९ मा एक मलको तेस्रो तल्लाबाट लड्दा दुईवटा दाँत खुस्केको थियो ।

दुर्घटनापछि उनले एउटा दाँत मात्र फेला पारेका थिए ।

झाङ दुर्घटनामा गम्भीर घाइते बनेका थिए र अनुहारमा ६० भन्दा बढी टाँका लगाइएको थियो । तर त्यतिखेर उनले नाकमा अप्ठ्यारो परेको बताएका थिएनन् ।

तर तीन महिनाअघि उनको नाक बन्द भयो । उनले सास फेर्न गाह्रो भएको र राति राम्ररी सुत्न नसकेको बताए । नाकमा केही कुरा कुहिएको जस्तो गन्ध आउने गरेको बताए ।लोकान्तर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah