एजेन्सी/ भारतको राजस्थानस्थित पुष्करमा संसारको सबभन्दा ठूलो पशु मेलामा एक राँगो आकर्षणको केन्द्र बनेको छ । राँगोको नाम भीम हो ।

यस राँगोको मूल्य १५ करोड भारु हो । ६ वर्षीय यो राँगोको तौल लगभग १३ सय किलोग्राम छ । यसलाई खुवाउन पियाउन लगभग सबा लाख भारु हरेक महिना खर्च गर्नुपर्ने यसका मालिक जवाहर जहांगीरले बताए ।

मुर्रा प्रजातिको यो राँगोले दिनदिनै लगभग एक किलो घिउ, आधा किलो मक्खन, मह, दूध र काजु बदाम सबै खान्छ । अनि यसलाई एक किलो तोरीको तेलले मालिश पनि गरिने गरेको छ ।

यसको हेरचाह गर्नका लागि चारजनालाई खटाइएको जहांगीरले बताए ।यसको उचाइ लगभग ६ फीट र लम्बाइ १४ फीट छ ।

राँगोको उपयोग भैंसीलाई गर्भधारण गराउनका लागि हुन्छ । यसले बढी दूध दिने भैंसी जन्माओस् भनेर यति धेरै स्याहारसुसार गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah