एजेन्सी/ भारतको मुम्बईमा रहेको प्रतिष्ठित विद्यालय प्रतियोगिता ह्यारिस शील्डको पहिलो राउन्डको नकआउट म्याचमा अनौठो घटना भएको छ ।

चिल्ड्रेन वेलफेयर स्कूलले यो घटनालाई जतिसक्दो चाँडो भुल्ने कोशिश गर्नेछ । अँधेरीको यो विद्यालयको क्रिकेट टीमका सबै ब्याट्स्म्यान शून्यमा आउट भएका छन् । विवेकानन्द इन्टरनेसनल स्कूलविरुद्धको खेलमा कुनै पनि ब्याट्स्म्यानले खाता खोल्न सकेनन् ।

विपक्षी टीमका बलरहरूले ७ अतिरिक्त रन (६ वाइड र एक बाई) दिएकाले स्कोरबोर्डमा रन बन्न पायो ।

चिल्ड्रेन वेलफेयरको पूरा टीम जम्मा ६ ओभरमा अलआउट भयो । विवेकानन्द इन्टरनेसनल स्कूलका तर्फबाट मिडियम पेसर आलोक पालले तीन ओभरमा तीन रन दिएर ६ विकेट हात पारे । कप्तान वरोद वाजेले दुई विकेट लिए भने दुई ब्याट्स्म्यान रनआउट भए ।

यस्तो बेइज्जतीपूर्ण प्रदर्शन गरेपटि चिल्ड्रेन वेलफेयर टीमले खेल ७५४ रनको विशाल अन्तरले हार्‍यो । विवेकानन्द स्कूलले पहिलो ब्याटिङ गरेर ३९ ओभरमा ७६१ रन बनाएको थियो । मीत मायेकरले १३४ बलमा नटआउट ३३८ रन बनाए ।

त्यस विशाल स्कोरमा १५६ रनको पेनाल्टी पनि समावेश गरिएको छ किनकि चिल्ड्रेन वेलफेयरका बलरहरूले निर्धारित तीन घन्टाको खेलमा ४५ ओभर पूरा फ्याँक्न सकेनन् । उनीहरूले ६ ओभर कम फ्याँके ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah