मेष –साताको शुरुमा घरायसी झमेला आउनेछ । पारिवारिक बेमेल एवं जग्गाजमिनमा विवाद पर्नेछ । साताको मध्यमा भने अध्ययनमा सफलता एवं आम्दानीको स्तर बढ्नेछ । व्यवसायबाट लाभ मिल्नाले अधुरा काम पुरा हुनेछन् । दाम्पत्य जिवनमा सामान्य वादविवाद, पितृपक्षको स्वास्थ्यमा बाधा एवं खेलकुद र प्रतिस्पर्धामा जित हुनेछ । स्वास्थ्यमा सुधार हुने एवं वैदेशिक सहायता मिल्नेछ ।
वृष – यात्राको अवसर आउनेछ । दाजुभाइबाट सहयोग एवं कृषिबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने आफन्तबाट धोका एवं मानसिक अशान्ति बढ्नेछ । मित्रता टुट्ने एवं स्त्री पक्षसँग वैरभाव रहनेछ । प्रेममा सामान्य भनाभन, भोजनको गडबडीले स्वास्थ्य बाधा हुनेछ । साताको अन्त्यमा भने व्यापार फस्टाउने, सन्तानको प्रगति एवं कला,संगीतमा रुचि एवं प्रगति बढ्नेछ ।
मिथुन – बोलीबचनको प्रभावले मित्रता बढ्नेछ । कुटुम्ब एवं आफन्तको सहयोग मिल्ने, धनसम्पत्तिको आर्जनमा सन्तुष्टि मिल्नेछ । शिरदर्द एवं आँखाको समस्या बल्झिनेछ । प्रेममा भनाभन एवं पारिवारिक विवाद निम्तिनेछ । सन्तानको स्वास्थ्यमा बाधा एवं चिसोको समस्याले खर्च बढ्नेछ ।
कर्कट – नयाँ काममा योजना बन्नेछ । साथीभाइसँग भेटघाट एवं रमाइलोमा खर्च हुनेछ । मिठो भोजन एवं नयाँ ठाउँको भ्रमण मिल्नेछ । बोली वचनको प्रभावले ठुलाबडासँग सम्बन्ध बढ्नेछ । बहानाबाट सामान्य क्षति एवं सन्तानको चिन्ता बढ्नेछ । ऋणको भार बढ्नाले व्यवसायमा कठिनाइ हुनेछ । सामान्य चोटपटकको योग देखिन्छ ।
सिंह– यात्रामा खर्च हुनेछ । सामान हराउन सक्ने एवं आलोचनाको भय हुनेछ । मातृपक्षको स्वास्थमा बाधा आउने एवं स्त्रीपक्षसँग सम्बन्ध बिग्रिनेछ । अध्ययन कमजोर हुन सक्ने एवं पेटको समस्याले दुःख दिनेछ । छोटो यात्राको अवसर मिल्ने एवं दाजुभाइबाट भने सहयोग पाइनेछ । कृषि एवं तरल पदार्थबाट धन आर्जन हुने र महिलावर्गको सहयोगले व्यवसायमा सहायता मिल्नेछ ।
कन्या– आम्दानीले साथ दिनेछ । पशुचौपाया तथा तरल पदार्थको कारोबारबाट धनआर्जन हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा पैसा खर्च हुने, यात्रामा झन्झट मिल्ने एवं अनावश्यक काममा खर्च बढ्नेछ । बोलीको कारणले शत्रुता बढ्ने, खानपिनको कारणले स्वास्थ्य बाधा हुने एवं अंशबण्डा तथा घरायसी सम्पत्तिमा विवाद आउनेछ ।
तुला– राजनीतिक क्षेत्रमा अवसर मिल्नेछ । पदवृृद्धिको योग बन्ने एवं काममा प्रशंसा मिल्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ ।
दाजुभाइको स्वास्थ्यमा समस्या आउन सक्नेछ । साताको मध्यमा भने राम्रो आम्दानी हुने एवं लगानीमा प्रतिफल मिल्नेछ । साताको अन्त्यमा भने समय केहि खर्चिलो एवं झन्झटिलो हुनेछ ।
वृश्चिक– धार्मिक एवं सामाजिक क्षेत्रमा समय व्यतित हुनेछ । यात्राको योग बन्ने एवं वैदेशिक कामबाट फाइदा मिल्नेछ । देब्रे अंगमा पीडा एवम नाक, कान, घाँटीको समस्या हुनेछ । बोलीको कारणले प्रेममा बाधा एवम खर्च बढ्नेछ । साताको मध्यमा भने राजनीतिक भेटघाट हुने, ठुलाबडाले साथ दिने एवम काममा जस मिल्नेछ । साताको अन्त्यमा भने आम्दानीले साथ दिनाले कारोबारमा सन्तुष्टि मिल्नेछ । कृषि क्षेत्रबाट आम्दानी राम्रो हुनेछ ।
धनु–स्वास्थ्यमा बाधा एवं काममा रोकावट हुनेछ । अपजसको भय एवं मित्रता टुट्न सक्नेछ । साताको मध्यमा भने स्थान परिवर्तन एवं यात्राको सुख मिल्नेछ । शिरदर्द एवं शारिरीक थकान बढ्नेछ । दाजुभाइबाट सहयोग एवं माटोबाट लाभ मिल्नेछ । साताको अन्त्यमा भने आर्थिक सहयोग मिल्ने एवं कामबाट जस पाइनेछ ।
मकर– प्रेममा प्रगति हुनेछ । वैवाहिक कुराले चर्चा पाउने एवं पारिवारिक भेटघाटमा रमाइलोमा खर्च हुनेछ । साताको मध्यमा भने काममा ढिलासुस्ती एवं गुप्त शत्रुको बाधा हुनेछ । खर्च बढ्ने एवं गोडा, घुँडाको समस्या देखिन्छ । राजनीतिबाट भने फाइदा मिल्ने एवं साताको अन्त्यमा विदेशबाट सहयोग प्राप्त हुनेछ । मातृपक्ष एवम ससुराल पक्षबाट आर्थिक एवम नैतिक सहयोग मिल्नेछ ।
कुम्भ– खेलकुद एवं प्रतिस्पर्धामा जित हुनेछ । साथीभाइबाट सहयोग एवं स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी राम्रो हुने एवं नयाँ व्यवसायमा लगानी बढ्नेछ । प्रेममा प्रगति एवं जीवनसाथीबाट पारिवारिक सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जिम्मेवारी बढ्ने र प्राविधिक क्षेत्रमा गरेको लगानीमा फाइदा मिल्नेछ । साताको अन्त्य भने सामान्य तनावपूर्ण हुनेछ ।
मीन– विद्याध्ययनमा प्रगति एवं वौद्धिक क्षेत्रमा रुचि बढ्नेछ । व्यापारमा राम्रो आम्दानी हुने तथा सन्तानबाट सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार हुने र काममा प्रगति मिल्नेछ । साताको मध्यमा भने बोली बचनको कारणले पारिवारिक तिक्तता बढ्नेछ । पेट सम्बन्धि समस्या बढ्ने, मातृपक्षको स्वास्थ्यमा समस्या आउने एवं सवारी साधनले धोका दिन सक्नेछ । साताको अन्त्यमा भने व्यवसायिक यात्रा हुने एवं साझेदारीमा फाइदा मिल्नेछ । पारिवारिक भेटघाट र यात्रामा खर्च बढ्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४ पशुपति जयवागेश्वरी, जनता समाचार बाट साभार गरिएको



