एजेन्सी/ भारतको गुजरातमा लोकसंगीतको एक कार्यक्रम चलिरहँदा गायकले संगीतकारहरूको धुनसँग नमिलाउँदा र बेसुरा गाउँदा मानिसहरू रिसाएका छन् । रिसाएका दर्शकले मञ्चमै चढेर गायकलाई कुटपिट गरेका छन् ।

गायकले रक्सी पिएर आएको भएर सुरताल मिलाउन नसकेको दर्शक श्रोताको गुनासो छ । गायकको गीत सुनेर क्रुद्ध एक व्यक्ति मञ्चमा चढेर गायकनजिक पुगे अनि केही कुरा गरेपछि तीन थप्पड लगाए ।

उनले थप्पड लगाएपछि अन्य मानिस पनि मञ्चमा चढे र गायकलाई ठटाउन थाले ।
मानिसहरूले पिटेपछि गायकले गाउन अस्वीकार गरे अनि मञ्चबाट गए । हंगामा भएपछि कार्यक्रम नै बन्द गरियो । घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।



