काठमाडौं/ १३ औं साग खेलकुद प्रतियोगिताको दोस्रो आज विभिन्न खेलहरु भइरहेको छन् । जारी दोस्रो दिनका केही खेलहरुमा नेपालले राम्रो नतिजा ल्याइरहेको छ । नेपालले दोस्रो दिनको खेल चलिरहँदा ४ वटा स्वर्ण पदक जितेको छ ।
नेपालले हालसम्म तेक्वान्दोमा एक, कराँतोमा दुई र ट्र्यायथ्लोनमा एक स्वर्ण हात पारेको छ । कराँतेको महिलातर्फको टिम कातामा निर्मला तामाङ, सरु कार्की र संगिता मगरको टोलीले स्वर्ण जितेको छन । यसअघि मण्डेकाजी श्रेष्ठले पुरुष एकल कातामा, कमल श्रेष्ठले २९ वर्षमुनीको व्यक्तिगत पोम्से (तेक्वान्दो) मा र गोविन्द बहादुर आलेले पुम्सेको ५८ केजीमा स्वर्ण जिति सकेका छन ।
यसअघि १२ औं सागमा नेपालले जितेभन्दा यो एकस्वर्ण बढी हो ।बाह्रौं सागमा नेपालले ३ स्वर्ण ल्याएको थियो । १२ औं सागमा फुटबल टिम, जूडोकी फूपु ल्हामु खत्री र उसुकी निमा घर्तीमगरले स्वर्ण ल्याएकी थिइन् ।नेपालले यसपटक कम्तिमा ५० स्वर्ण जित्ने लक्ष्य राखेको छ ।



