काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण जितेको छ । तेक्वान्दोको पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका हुन्।
तेक्वान्दोको पुम्से इभेन्ट्समा कमलले ८ दशमलव २७० अंक प्राप्त गर्दै भारतका राहुल जैनलाई पराजित गरेका हुन् । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरेका छन् ।
त्यसैगरी तेस्रो स्थानमा श्रीलंकाका खेलाडीले ८ दशलमव ५० अंक प्राप्त गरेका छन् ।



