काठमाडौं/ तेह्रौ‌ं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या १९ पुर्‍याएको छ। सोमबार नेपालले कराते र तेक्वान्दो तर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरि १५ स्वर्ण जितेको थियो।

मंगलबार नेपालले उसु तर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

त्यस्तै नेपालले मंगलबार कराँ‍तेमा स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। उता पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय