काठमाडाैं/ एथलेटिक्स खेलाडी सन्तोषी श्रेष्ठले दशरथ रंगशालामा गत मंगलबार इतिहास रचिन्। उनी दक्षिण एसियाली खेलकुद (साग)को इतिहासमा एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी बनिन्। सागको १० हजार मिटर दौडमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडीको रेकर्ड पनि उनकै नाममा रह्यो। यसअघि सागको एथलेटिक्समा भारतीय र श्रीलंकाली खेलाडीको दबदबा थियो। यसपटक सन्तोषीले त्यो दबदबा तोडिन्।

सन्तोषीले भारतीय धाविका कविता यादवलाई एक मिलिसेकन्डले उछिन्दै स्वर्ण हात पारेकी थिइन्। सन्तोषीले निर्धारित दूरी ३५ मिनेट ०७.९४ सेकेन्ड र कविताले ३५ मिनेट ०७.९५ सेकेन्डमा पूरा गरेका थिए। ‘पहिलो सहभागितामै स्वर्ण पदक जित्छु भन्ने लागेको थिएन’, आफ्नो जितपछि २६ वर्षीया सन्तोषीले भनिन्, ‘कुनै न कुनै पदक जित्ने विश्वास भने थियो।’

ब्राजिलको रियो दि जेनेरियोमा तीन वर्षअघि विश्व खेलकुदको महाकुम्भ ‘ओलम्पिक’ आयोजना भएको थियो। त्यसमा गौरिका सिंहले नेपाललाई चर्चित बनाएकी थिइन्। त्यो ओलम्पिकमा भाग लिने विश्वकै कान्छी खेलाडी थिइन्, गौरिका। त्यति बेला गौरिकाको उमेर मात्र १३ वर्ष थियो। त्यसको तीन वर्षपछि जलपरी गौरिकाले देशको शिर उच्च पारेकी छन्। उनी सागमा पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्।

गौरिका पनि नेपाली खेलकुदकी ऐतिहासिक खेलाडी बन्न पुगिन्। उनले यो सागमा दुई स्वर्ण जितेकी छन्। स्वर्ण जितेपछि गौरिकाले आफूलाई कहिलेकाहीं विदेशी भनेकोमा चित्त दुखाइन्। ‘म नेपाली नै हो। म आफूलाई नेपाली भन्न रुचाउँछु’, उनले भनिन्, ‘यो पदक सम्पूर्ण नेपालीप्रति समर्पित गर्न चाहन्छु। देशका लागि ऐतिहासिक स्वर्ण जित्न पाउँदा धन्य भएँ।’

नेपाली सञ्जु चौधरीले पनि भारोत्तोलनमा स्वर्ण जित्दै इतिहास रचिन्। पोखरामा जारी भारोत्तोलनको महिला ५९ केजी तौल समूहमा बिहीबार उनले श्रीलंकाकी खेलाडीलाई पछि पार्दै स्वर्ण चुमेकी हुन्। उनले स्न्याचमा ७४ र क्लिन एन्ड जर्कमा ९७ केजी गरी कुल १ सय ७१ केजी तौल उचालिन्। यो सफलतासँगै उनी सागको महिला भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी हुन्। उनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीनवटै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमानसमेत बनाइन्।

गत वर्ष नेपाल पुलिस क्लबमा आबद्ध सञ्जुले सागको पहिलो सहभागितामै देशका लागि स्वर्ण जित्ने सौभाग्य पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन्। सागको भारोत्तोलनमा गत संस्करणदेखि नेपालले महिलातर्फ सहभागिता जनाउन थालेको हो। त्यसैले सञ्जुले जितेको त्यो स्वर्णले उनलाई नेपाली खेलकुदमा ऐतिहासिक खेलाडीका रूपमा उभ्यायो।

क्रिकेटर अञ्जली चन्दले त १३औं सागमा विश्व कीर्तिमानै बनाएर देशको गौरव बढाइन्। पोखरा क्रिकेट मैदानमा गत सोमबार भएको माल्दिभ्सविरुद्धको खेलमा उनले ‘अविश्वासिलो’ विश्व कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। उनकै उत्कृष्ट प्रदर्शनका कारण उक्त खेलमा नेपाल १० विकेटले विजयी भएको थियो। अञ्जलीले दुई ओभर बलिङ गर्दै एक रन पनि नदिई ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन्। अन्तर्राष्ट्रिय टी–ट्वान्टी महिला क्रिकेटमा कुनै पनि क्रिकेटरले यस्तो कीर्तिमान बनाएका छैनन्।

अञ्जलीले चार ब्याट्सवुमनलाई क्याच गराएकी थिइन्। दुई खेलाडीलाई बोल्ड गरिन्। अञ्जलीले नवौं ओभरको पाँचौं र छैटौं तथा ११औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पनि पूरा गरेकी थिइन्। ‘मेरा लागि यो नसोचेको उपलब्धि हो’, उनले भनिन्, ‘तर, मेरो कीर्तिमानभन्दा पनि देशको जित ठूलो कुरा हो।’

१३औं सागमा चम्किएकी अर्की खेलाडी हुन्, सावित्रा भण्डारी। यही सागमा उनी देशका लागि अन्तर्राष्ट्रिय महिला फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमानी खेलाडी बनिन्। उनी एपीएफ क्लबमा आबद्ध छिन्। माल्दिभ्सविरुद्घको खेलमा ह्याट्रिक गर्दै उनले सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान आफ्नो नाममा पारेकी हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सावित्राको गोल संख्या ३८ पुगेको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah