एजेन्सी/ एक महिला जजमाथि आफ्नै च्याम्बरमा वकिलसँग शारीरिक सम्बन्ध राखेको आरोप लागेको छ ।
यो घटना अमेरिकाको केन्टुकीको हो । ती महिला जजले कामको समयमा आफ्ना कर्मचारीलाई शराब पिउन दवाव दिने गरेको समेत आरोप लगाइएको डेली मेलले उल्लेख गरेको छ ।

खबर अनुसार, केन्टुकी ज्यूडिशियल कन्डक्ट कमिशनले फ्यामिली कोर्टकी जज डोन गेन्ट्रीमाथि यस्तो आरोप लगाएको हो ।। ३८ वर्षीया ती महिलामाथि ९ वटा आरोप लागेको छ ।
गेन्ट्रीले एक अटोर्नीसँग सबैभन्दा पहिले स्यापच्याटमा झुट बोलिन् । त्यसपछि आफूसँग सुत्न दवाव दिइन् ।
कमिशनमा उजुरी लैजानै व्यक्तिले बताएका छन्, गेन्ट्रीले कोर्टहाउसलाई फनहाउन बनाएर राखेकी थिइन् ।



