केही समय अगाडि पुर्व पुर्वराज पारस शाहको एउटा भिडियो भाइरल बन्यो। त्यो भिडियोमा केही स्थानीयले उनलाई ‘हामी तपाईको कार्यकर्ता हौं, हामी राजावादी हौं भन्दै थिए’।
‘यो वादी र त्यो वादी नभन्नुहोस, हामी सबै नेपाली हौ। वादी भनेको छुट्याउने कुरा हो। हामी सबै नेपाली हौं’, पारसले झोक्किदैं भने।

उनले त्यत्ती भनेपछि युटुबर सोनिका रोकाय पारसको मोटरसाइकलमा चढ्छिन र दुवैजना मोटरसाइकलमा हुँइकिन्छन्।
यो भिडियो भइरल बनेसँगै युटुबर रोकायासगैँ पारसको मोटरसाइकल पनि चर्चामा रह्यो।
कसैले यसलाई बुलेट बाइक भने, कसैले हार्ले डेभिड्सन भने त कसैले हार्ले डेभिड्सनको यो मोडलको बाइक हो भनेर दावी गरे।
के हो त यो बाइक?
उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सन्को सफटेल हेरिटेज १९९५ मोडल हो।
यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन।
उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक
वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए।
‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लोमो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने।सेतोपाटी



