वि.सं. २०७६ मंसिर २४, मंगलबार, इ.स. २०१९ डिसेम्बर १०, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, त्रयोदशी, १०:१६ उप्रान्त चतुर्दशी, नक्षत्र– कृत्तिका, ६:३३ बजेउप्रान्त रोहिणी, योग– शिव, १७:३० बजेउप्रान्त सिद्ध, करण– तैतिल, १०:१६ बजेदेखि गर, २२:३९ बजेउप्रान्त वणिज, आनन्दादिमा गद योग, चन्द्रराशि– मेष, ११:३८ बजेउप्रान्त वृष,सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ७ पला। मानव अधिकार दिवस। सर्वार्थसिद्धि योग ३०:३३ बजेसम्म।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,नगद सापटी लिएका साथीहरूले समयमै ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,भ्रमण,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आलश्य पनि दूर हुनेछ,आजको शुभ अंक ३ रहेको छ ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,प्रशंसा गर्नेहरू भित्रभित्रै आलोचना गर्न थाल्नेछन्,संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,आजको शुभ अंक ११ रहेको छ ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,नयाँ कार्य सम्पन्न गर्न थप मेहनत आवश्यक देखिन्छ,मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,सामानहरू छुट्ने/हराउने सम्भावना छ,सामूहिक लगानीमा गरिएको व्यवसायले लाभ दिलाउनेछ,आजको शुभ अंक १२ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,मित्रता गाँस्नेहरूले सताउन सक्छ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,रोजगारीको क्षेत्रमा ढिलै अवसर हात लागे पनि सही मार्ग पहिल्याइनेछ,आजको शुभ अंक १ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,आजको शुभ अंक ८ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव अनुसरण गर्दा थप उचाइमा पुगिने सम्भावना छ,स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,सचेत रहनुहोस,आजको शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)-झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,कार्यव्यस्तताका कारण भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,सवारी साधन चलाउँदा संयमित रहनुहोला,मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ, सम्झनालायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ,उपहारसहित भेट्न आउनेहरूसँग सतर्क रहनुहोला,झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,आजको शुभ अंक ८ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, गोपनीयतामा ध्यान दिनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,सामाजिक क्षेत्रमा नेतृत्वदायक भूमिका निर्वाह गर्ने अवसर प्राप्त हुनसक्छ,घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,आजको शुभ अंक १० रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्मा मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,चियोचर्चाे गर्नेहरूसँग सावधानी अपनाउनुपर्ने समय छ,समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,आजको शुभ अंक ५ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)- जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्, पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ। दिब्य ज्योतिष बाट साभार गरिएको



