ब्लड प्रेसर लो (रक्तचाप कम) हुनुलाई हाइपोटेन्सन भनिन्छ । यस्तो अवस्थामा शरीरमा रक्तप्रवाह एकदमै विस्तारै हुने गर्छ । स्वस्थ मानिसमा रक्तचाप १२०/८० हुन्छ । जब रक्तचाप ९०/६० भन्दा कम हुन थाल्छ, स्वास्थ्यमा विभिन्न समस्या देखिन थाल्छन् । र्क्तचाप एकदमै कम हुनु आफैंमा जोखिमयुक्त अवस्था हो ।
असर
रक्तचाप कम हुँदा कमजोरीपन महसुस हुने, रि)गटा लाग्ने, बेहोस हुने, आँखा तिरमिराउने, सास फेर्न गाह्रो हुनेजस्ता जटिलता देखा पर्छन् ।
रक्तचापक कम हुँदा सबैभन्दा बढी असर मस्तिष्कमा पर्छ । दिमागमा रगत कम हुने र अक्सिजनको मात्रा पर्याप्त मात्रामा नपुग्ने भएकाले छिटो असर देखापर्ने गरेको हो ।
त्यस्तै मुटु र मिर्गौलामा सीधा असर पर्ने भएकोले कतिपय अवस्थामा यो प्राणघातक पनि हुन सक्छ ।
बच्ने उपाय
जीवनशैली र खानपान व्यवस्थापन गर्न सकेमा क्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । ब्लड प्रेसर एक्कासी कम भएमा पसिना आउने र बेहोस हुने हुन्छ । यस्तो अवस्थामा खुट्टा माथि उठाएर भुईंमा सुत्नुपर्छ अलिकति नुन खान सकिन्छ । यसबाहेक जीवनजल र ग्लुकोज पानी खाएर रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ । नुनमा पाइने सोडियमले रक्तचाप बढाउने काम गर्छ ।
नियमित हलुका नुनयुक्त खाना खानुपर्छ । धेरै नुन पनि स्वास्थ्यका लागि हानिकारक हुने भएकाले आवश्यक मात्रै प्रयोग गर्नुपर्छ । नयाँ पत्रिकामा खबर छ ।



