एजेन्सी / एसिड आक्रमणबाट बचेकी एक युवतीको वास्तविक जीवनमा आधारित रहेर निर्माण भएको फिल्म ‘छपाक’को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्ममा एसिड आक्रमणबाट पिडित युवतीको भूमिका दीपिका पादुकोणले निर्वाह गरेकी छिन्।

मेघना गुलजारको निर्देशनमा बनेको चलचित्रमा दीपिकासँगै अभिनेता विक्रान्त मस्से पनि मुख्य भूमिकामा छन् ।
चलचित्रको रिलिज मिति विश्व मानवअधिकार दिवस अर्थात् १० जनवरीमा तोकिएको छ ।चलचित्रको ट्रेलर रिलिजको विशेष सोमा पुगेकी अभिनेत्री दीपिकाले यो चलचित्र उनले अहिलेसम्म गरेको चलचित्रमा सबैभन्दा गाह्रो भएको बताइन् ।
रिलिज ट्रेलरमा उक्त घटनापछि पीडित महिलाले भोग्नुपर्ने मानसिक पीडालाई चित्रण गर्दै त्यसपछि उसले आफूमा ल्याएको हौसला र सकारात्मक परिवर्तनलाई देखाउन खोजिएको छ ।
–इन्डियन एक्सप्रेस



