‘बिग बोस १३’ सिजन आजकाल निकै चर्चामा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएको छ जसका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई अब उनको स्वास्थ्यले साथ नदिइरहेको भारतीय संचार माध्यमले बताएको छ ।

सलमान आफैंले पनि शोलाई छोड्ने बताइसकेका छन् । र उनलाई थुप्रै पटक अत्यधिक रिसाइरहेको पनि देख्न सकिन्छ । यस्तोमा हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमानको परिवारले पनि स्वास्थ्यको समस्याका कारण सलमानलाई शो छोड्न भनेका छन् ।

ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् सलमानः

स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजियाबाट ग्रसित भएको र उक्त रोगका कारण उनी रिसाउन नहुने दाबी गरेको छ ।

यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ तब त्यो उनीहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ । सलमानले पछिल्ला केही सिजनदेखि शो छोड्नेबारे कुरा गरिरहेका छन् तर हरेक पटक च्यानल र प्रोडक्सन हाउसले उनलाई मनाएर छोड्छन् तर यसपटक सलमान शो छोड्ने कुरामा अडिग भएको जस्तो देखिन्छन् । उनका आफन्तले पनि अहिले निर्मातालाई सुटिङको क्रममा सलमानलाई धेरै तनाव नदिन सल्लाह दिएका छन् ।रातोपाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah