एजेन्सीः बलिउड अभिनेत्री करीना कपूर खान यतिबेला चलचित्रका साथै रेडियो कार्यक्रमका कारण पनि चर्चामा छिन् । कार्यक्रम ‘ह्वाट वुमन वान्ट’ को दोस्रो संस्करणमा करीनाले आद्नी सासू अर्थात् चर्चित कलाकार शर्मिला टेगोरलाई अतिथिको रुपमा आमन्त्रण गरेकी थिइन्।

उक्त कार्यक्रममा करिनाले शर्मिलालाई ुछोरी र बुहारीमा के अन्तर हुन्छु भनेर प्रश्न गर्दा उनले निकै सुन्दर र मन छुने जवाफ दिएकी छिन् ।

शर्मिलाले भनिन्, ‘छोरी ती हुन् जो तपाईंको आँखाको अगाडि हुर्किएकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुन्छ र के कुरामा रिसाउन सक्छिन् भन्ने पनि जानकारी हुन्छ । जब तपाईं आफ्नी बुहारीसँग भेट्नुहुन्छ तब उनी पहिले नै हुर्किसकेकी हुन्छिन् । त्यसकारण तपाईंलाई उसको स्वभावबारे थाहा हुँदैन । उनीसँग घुलमिल हुन समय लाग्छ । जब एक नयाँ युवती, तपाईंकी बुहारी घरमा भित्रिन्छिन् तब धेरैभन्दा धेरै सहज महसुस गराउन सक्नु एउटा सासुको जिम्मेवारी हो।

उनले थपिन नयाँ बुहारीलाई सहज गराउने केटा पक्षको जिम्मेवारी हो । छोरा बुहारीको सम्बन्धमा धेरै दखल दिनु पनि राम्रो होइन । शर्मिलाले हालै मात्र आफ्नो ७५ औँ जन्मदिन मनाएकी छिन् ।

त्यस्तै करिना पनि यतिखेर चलचित्र गुड न्युजलाई लिएर चर्चामा छिन । यो चलचित्र यहि महिना रिलिज हुने तयारीमा रहेको छ । चलचित्रमा करीनाका अलावा अक्षय कुमार, कियारा आडवाणी र दिलजीत दोसांझ जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah