काठमाडौं– दक्षिण एसियाली खेलदकुद (साग) मा स्वर्ण पदक विजेता सञ्जु चौधरीले आफ्नै टोलीका खेलाडीबाट नराम्रो व्यवहार भोग्नु परेको बताएकी छन् ।

१३ औं सागमा भारत्तोलनका लागि ५९ केजी तौल समूहमा स्वर्ण जितेकी सञ्जुले साग सकिएको १ हप्ता नसकिँदै आफ्नै टिमका सिनियर खेलाडीहरुको दबाव झेल्नु परेको बताएकी हुन् ।

‘साग सकियो । स्वर्ण पनि जिते । तर, मेरा साथीहरुले जे पायो त्यहि कुरा गुरुसँग लगाइरहेका छन् । सामान्य खेलाडी थिए । कसैले केही भनेका थिएनन् । तर, अहिले स्वर्ण जितीसकेपछि अनेक थरीका कुरा काटेर कमजोर बनाउन खोज्दा रहेछन्,’ सञ्जुले खबरहबसँग भनिन्, ‘अर्काको सफलतामा ‘रिस’ गर्ने धेरै हुँदा रहेछन् ।’

भारत्तोलनमा नेपालका लागि स्वर्ण जितेकी उनले पदक जितेपछि टोलीमा आफ्नो विरुद्धमा चलखेल भइरहेको बताइन् । सञ्जुले सिनियर खेलाडीले ‘डोमिनेट’ गर्ने गरेको बताइन् ।

‘साथिहरुले जसरी हुन्छ आफूभन्दा माथि नजाओस् भन्ने सोच्दा रहेछन् । तर, गुरुहरुको साथ पाए अझै राम्रो गर्ने आँट ममा छ । गुरुहरुले अरुका कुरामा ध्यान नदिएर आफ्नो खेलमा ‘फोकस’ हुन सुझाउनु भएको छ ।’

सञ्जुले आफूलाई पेल्न खोजिए पनि आफ्नो कामबाट पछि नहट्ने बताएकी छन् । ‘खुट्टा तान्न खोज्नेहरु खोजिरहुन्, तर, म आफ्नो लक्ष्यमा नपुगी रोकिँदैन,’ सञ्जुले भनिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah