वि.सं. २०७६ पुस २, बुधबार, इ.स. २०१९ डिसेम्बर १८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, सप्तमी, २४:३० उप्रान्त अष्टमी, नक्षत्र– पूर्वफाल्गुनी, २५:३२ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– प्रीति, २२:१५ बजेउप्रान्त आयुष्मान्क,रण– भद्रा, १३:४० बजेदेखि वव, २४:३० बजेउप्रान्त वालव,आनन्दादिमा स्थिर योग, चन्द्रराशि– सिंह, सूर्योदय– ६:५० बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २५ घडी ० पला।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –बोली एवं व्वहारमा सक्दो नियन्त्रण राख्नु होला,साझपख सुधार हुनेछ,आर्थिक समस्या पर्ने छ झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, चोटपटक को सम्भावना छ,पारिवारिक जीवन सामान्य रहने छ,आजको सुभ अंक ४ रहेको छ ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –रोकियाका कामहरु बन्नेछ,श्रमबाट प्रशस्त धन लाभ हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ,पठन–पाठनमा प्रगति हुनेछ, रोजगारीमा सफलता मिल्ने छ,आजको सुभ अंक २ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –अर्थलाभका अवसर आउने छन्,आज कुनै अप्रत्याशित काम बन्ने योग छ,पारिवारिक जीवनमा मतभेत रहनेछ,मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ,शुभ कुराको सङ्केत मिल्नेछ , चोटपटकको सम्भावना छ,आजको सुभ अंक ७ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –विश्वासको वातावरण बन्नेछ,आजको समय सामान्य छ,विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,विभिन्न इष्टमित्रहरूसँग भेटघाट हुनेछ,माता मनकामना लाई प्रथाना गर्नाले शुभ हुनेछ,आजको सुभ अंक ८ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –व्यापार व्यवसाय मध्यम रहेको छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ,पारीवारिक सहयोग बढ्ने छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,गणेश भगवानको पुजा गर्नाले शुभ हुन्छ,आजको सुभ अंक ५ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –उधोग क्षेत्रमा लगानी बिस्तार हुनेछ,मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,परिवारमा बिश्वास को मत लिनसक्नु हुन्छ,पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,शुभ कुराको संकेत मिल्नेछ,आजको सुभ अंक ३ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –पमान वा अपजस सहनु पर्ने हुनसक्छ,यात्रा घातक बन्न सक्छ, चोटपटकको सम्भावना छ,जिबन साथी सगॅ मन मुटाब हुन् सक्छ,आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, जिपारिवारिक किचलो हुनेछ,बोलीमा विचार गर्नु होला,आजको सुभ अंक ८ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –महत्त्वपूर्ण ठाउँमा बोली बिक्नेछ,सहयोगीहरूले काममा साथ दिनेछन्,रोकियाका कामहरु बन्ने छन्,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,मानसम्मानमा बृद्धि हुनेछ,आजको सुभ अंक १० रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –सानातिना कामको झमेला आउनसक्छ ,प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ, आफन्त बाट धोका हुन् सक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपार्इंको मुल्याङ्कन हुनेछ,आजको सुभ अंक १ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि शुभ हुनेछ,बन्धुवान्धव र छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ,टाढाको यात्रा सम्भावना छ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ,आजको सुभ अंक ४ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –रोजगारीको लागि आजको दिन राम्रो छ,बैदेशिक यात्रा हुने सम्भावना छ,रोकियका कामहरु बन्ने छन् ,स्वास्थ्यमा सुधार आउने छ,परिवारमा खुशी छाउनेछ,सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ, आजको सुभ अंक ५ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –आर्थिक संकट पर्नेछ,भनेजस्तो प्रतिफल पाउन संघर्ष गर्नुपर्ने हुन्छ,महत्वपूर्ण काममा ध्यान दिनु होला,आजको दिन तेती राम्रो छैन,बोलीमा विचार पुराउनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको सुभ अंक ९ रहेको छ । दिब्य ज्योतिष बाट साभार



