आफ्नी आमालाई सवारी चालक दिलाउनका लागि उनका छोराले अनेक हर्कत गरेका छन् । यो घटना ब्राजिलको हो । पटक पटक लाइसेन्सका लागि परिक्षा दिँदा पनि असफल भएपछि आफ्नी आमाको सवारी लाइसेन्स लिन एक पुरुषले बहुरूपी बनेका छन् ।
महिलाको भेषमा उनले आफ्नी आमाको सवारी लाइसेन्स लिएका छन् । उनले आफ्नो भेष बदलेर आफ्नी आमा जस्तै बनेका थिए । तर पछि यसबारे पोल खुल्न गयो ।
ती मानिसको नाम हेटर हो । उनको ६० वर्षीया आमा सवारी साधनको लाइसेन्सका लागि ३ पटक सम्म असफल भएपछि आफूले भेष बदलेर लाइसेन्स दिएको उनले बताएका छन् ।



