भारतको रुद्रप्रयागस्थित सिल्ला गाउँमा एक पतिमाथि पत्नीको हत्याको आरोप लागेको छ । मृतक पत्नीका आफन्तहरूले उनलाई पेट्रोल हालेर जलाएको आरोप लगाएका हुन् ।
हत्या गरेपछि उनले पत्नीलाई अस्पताल लगेका थिए । मृतकको माइतीपक्षले पति विजेन्द्र लालमाथि हत्याको आरोप लगाउँदै सालीसँग अनैतिक सम्बन्ध रहेको खुलासा गरेका हुन् ।
गत नोभेम्बर १९ गते जब विजेन्द्र लालले आफ्नी पत्नीलाई अस्पताल लिएर गए, तब अस्पतालले उनलाई ४ दिन अघि नै मृत्यु भएको घोषणा गरेको थियो । विजेन्द्र लालले आफ्नो पत्नीको शव ४ दिनदेखि घरमै राखेका थिए ।
स्थानीय प्रहरी प्रशासनले भनेको छ, ‘मृतक महिलाका आफन्तहरूले दिएको निवेदनका आधारमा हत्याका आरोपीमाथि मुद्दा दायर गरिएको छ । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ ।’ जेन्द्र लालमाथि सालीसँग अनैतिक सम्बन्ध रहेकोबारेमा पनि छानबिन भइरहेको छ ।




