वि.सं. २०७६ पुस ७, सोमबार, इ.स. २०१९ डिसेम्बर २३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलागा, पौष कृष्णपक्ष, द्वादशी, १३:४४ उप्रान्त त्रयोदशी, नक्षत्र– विशाखा, १८:१६ बजेउप्रान्त अनुराधा, योग– सुकर्मा, ७:११ बजेदेखि धृति, २८:४० बजेउप्रान्त शूल, करण– तैतिल, १३:४४ बजेदेखि गर, २४:५७ बजेउप्रान्त वणिज,आनन्दादिमा मित्र योग,चन्द्रराशि– तुला, १२:३० बजेउप्रान्त वृश्चिक,सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २५ घडी ० पला। सोम–प्रदोष व्रत। सर्वार्थसिद्धि योग १८:१६ बजेदेखि।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–
चोटपटक लाग्ने र सानातिना समस्याले सताउने समय छ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,कार्यस्थलको स्वरूप अनुरूप पहिरनमा ध्यान दिनुहोला,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला,आजको शुभ अंक १० रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ,विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ,विदेश यात्राको पाइला चाल्दा आवश्यक तयारी अपुरो हुनसक्छ, नोकारीमा समस्या आउनेछ, राजनीतिमा पाएको सुविधा गुमाउनु पर्ला,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
समस्याहरू धेरै आउनेछन्मा मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,सानो कामका लागि लामो यात्रा गर्नुपर्ला, कर्म सिद्धिको समय छ, परिवारका सदस्यहरूमा स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
योग एवं ध्यान गर्दा मानसिक तनाव कम हुनेछ भने शारीरिक आलश्य पनि दूर हुनेछ,जीवनसाथीसँग ठाकठुक परे पनि परिवारका ज्येष्ठ सदस्यको भूमिकामा विवाद मत्थर हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ,आजको शुभ अंक ३ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पति–पत्नीमा राम्रो सम्वन्ध नहुने भएकाले मन उदास रहनेछ, बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,यात्रामा अवरोध हुने,पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कर्म योगका थप बाटाहरू खुल्नेछन्,शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछ,ठूलाबडाको दबाबमा परिस्थतिसँग सम्झौता गर्दा मन खिन्न हुनेछ, सचेत रहनुहोला,व्यापारमा अवरोध आउने, गाँस्नेहरूले सताउन सक्छ,आजको शुभ अंक १ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
बलजफ्ती काम गर्दा थप समस्या आउन सक्छन्,सचेत रहनुहोस,पढाईमा सोचे जत्तिकै उन्नति हुनेछ,प्रेममा खटपट हुनेर पति–पत्नीबीचमा मतभेद हुने सम्भावना भएकोले थोरै बोल्नुहोला,खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ,आजको शुभ अंक ८ रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)–
छुट्ने अवस्थासम्म सृर्जनाहोला,आयभन्दा व्यय बढी,लेनदेनमा विवादको सामना गर्नुपर्ला,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला,अप्ठ्यारो परिस्थितिमा पनि आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
रचनात्मक कामले आम्दानी को दिगो स्रोत जुट्न सक्छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ, झुटा आरोप पनि लाग्नेछन्, आजको शुभ अंक ८ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ, नोकारीमा समस्या आउनेछ,स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,व्यापारमा संकट आउने,ब्रह्म मुहूर्तमा भगवानको स्मरण,बौद्धिकस्तर ओजलमा पर्ने भएकोले निर्णय गर्दा अलि विचार गर्नुपर्ला,घरेलु समस्याले सताउने,आजको शुभ अंक १२ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
प्रतिस्पर्धीहरूले काममा तगारो लगाउने प्रयास गरे पनि विफल हुनेछन्,राजनीतिक नियुक्तिको सम्भावनाका साथै कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ।



