मुम्बई / सलमान खान, सोनाक्षी सिन्हा र सई मन्जरेकर स्टारर फिल्म ‘दबंग ३’ ले मिश्रित प्रतिक्रिया पाएको छ । फिल्मले पहिलो दिन २२ देखि २३ करोड भारु कमाइ गरेको थियो ।

दोस्रो दिनसम्म आउँदा पनि फिल्मको कमाइ यसैको आसपास छ । भारतीय मिडियाका अनुसार फिल्मले रिलिजको तेस्रो दिन २९ करोड कमाइ गरेको छ । पहिलेको तुलनामा फिल्मको व्यापार केही बढी देखिएको छ ।

फिल्मले पहिलो विकेन्डमा झण्डै ७३ करोड कमाइ गरेको छ । यसलाई सलमानका अन्य फिल्मको कलेक्सनभन्दा कम मानिएको छ ।

फिल्मलाई लिएर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् । समीक्षकले पनि ‘दबंग ३’ लाई स्तरीय फिल्म भनेनन् । सामाजिक सञ्जालमा पनि फिल्मको आलोचना भएको थियो ।

फिल्ममा सलमान खानले चुलबुल पाण्डेको भूमिका निभाएका छन् । जो एक बलवान् प्रहरी अफिसर हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah